मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

मेचीनगरबाट २३ लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको सुनको खरिद विक्री

देश प्रदेश डेस्क 5473+ समाचार ( )
१५ मंगशिर २०८०, शुक्रबार

                                                                                                                            साङ्केतिक तस्वीर

झापा देशभरबाट तिहारको चारदिनमा एक अर्ब ३२ करोड रुपैयाँ बराबरको सुनको कारोबार हुदाँ झापाको मेचीनगरबाट मात्रै २३ लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको सुनको खरिद विक्री (कारोवार) भएको नेपाल सुन चाँदी व्यवसायी महासंघ शाखा मेचीनगरले जनाएको छ ।

शाखा अध्यक्ष टोलबहादुर (नारायण) सुनारका अनुसार संघमा ६२ जना सुन चाँदी व्यवसायी आवद्घ छन् । यो अवधिमा नगरका विभिन्न सुन पसलबाट करीब २० तोला सुन किनबेच भएको शाखाले जनाएको छ । जसको बजार मूल्य २३ लाख २० हजार रुपैयाँ बराबर हुन्छ ।

यसवाहेक संघमा आवद्घता नभएका व्यवसायीहरुबाट पनि कारोवार भएको छ । यसका लागि यो मूल्य र परिमाण बढ्ने आशंका शाखाको छ । यो मूल्य र परिमाण व्यवसायीले अपेक्षा गरे भन्दा निक्कै न्यून हो । अध्यक्ष सुनारका अनुसार यसबर्षको तिहारको यो अवधिमा भएको सुनको कारोवार कोभिडअघिका तिहारको तुलनामा झण्डै २० देखि २५ प्रतिशतले कमि हो । कोभिडअघिका तिहारमा नगरका व्यवसायीहरुले बजारमा यस अघि बिक्री नभएर बैंकहरुमा रहेको सुन तिहारमा खपत हुने बताएका छन् । बिबाहको लगनको महिना मंसिर सुरु भएसंगै बजारमा सुन चाँदीको कारोबार बढ्ने व्यवसायीले अपेक्षा गरेका छन् ।

तिहारको यो अवधिमा मेचीनगरबाट साढे २ केजी चाँदीको कारोवार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघ शाखा मेचीनगरले जनाएको छ । ‘तिहार र कात्तिक महिना सकिए लगत्तै बिबाहको लगनको महिना मंसिर शुरु भएसँगै सुनमा उपभोक्ताको चासो बढछ् ’ एकजना व्यवसायीले नाम नलेखिदिन आग्रह गर्दै भने—‘ मूल्य श्रृंखला हेर्दा मंसिरमा सुन थप महँगो हुन सक्ने आंकलन गर्न सकिन्छ । ’ नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तिहारको चारदिनमा देशभरबाट एक अर्ब ३२ करोड ७९ लाख ९५ हजार रुपैयाँ बराबरको १ सय ३५ किलो सुन बिक्री भएको छ । मेराे मेचीनगरबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार