मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

बिर्तामोडमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

देश प्रदेश डेस्क 5476+ समाचार ( )
३ माघ २०८२, शुक्रबार

 बिर्तामोडमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् । आज साँझ ७.५० बजे बिर्तामोड ५ सिटी सेन्टरस्थित पूर्वपश्चिम लोकमार्गमा बिर्तामोडबाट बुट्टाबारीतर्फ जाँदै गरेको ना८ख २२९७ न. को ट्रक र बिपरित दिशाबाट आउँदै गरेको नम्बर नखुलेको (जलेर नष्ट भएको) मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक हल्दिवारी ४ बस्ने बर्ष ३२ का खगेन्द्र मगर र सोही मोटरसाइकलमा पछाडी सवार उनकी श्रीमती बर्ष २५ की सुकमाया तामाङ गंभीर घाइते भएका थिए ।

दुवै जनाको बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भइरहेकोमा मोटरसाइकल चालक मगरको उपचारको क्रममा राति ९ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनापश्चात् मोटरसाइकलमा आफै आगलागी भई मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको छ । प्रहरी र बिर्तामोड नगरपालिकाको दमकलले उक्त आगलागी नियन्त्रणमा लिएको छ । ट्रक जिल्ला ट्राफिक प्रहरी कार्यालय र मोटरसाइकल इलाका प्रहरी कार्यालय बिर्तामोडको नियन्त्रणमा रहेको छ । ट्रक चालक तत्काल फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार