मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

काठमाडौँको टोखामा गोली चल्यो

देश प्रदेश डेस्क 5476+ समाचार ( )
१८ फाल्गुन २०८१, आइतबार

                                                                                                              साङ्केतिक तस्वीर

झापा काठमाडौँको टोखामा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज आइतबार गोली चलाएको हो ।

गोली प्रहार गरेर गुड्ड पटेललाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार पटेल लाल मोहम्मद हत्या प्रकरणमा संलग्न आरोपी हुन्।

२०७९ मा मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या भएको थियो । दुईजना सुटरले गोली हानेर भक्तपुरको गोठाटारमा २०७९ असोज ३ मा लाल मोहम्मदको हत्या भएको थियो ।

कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा कपडा प्याक गर्ने प्लाष्टिक लिएर जोरपाटीबाट फर्केका मोहम्मदलाई बा.६ च ५१५२ नम्बरको गाडीबाट ओर्लनासाथ २ जनाले गोली हानेर भागेका थिए ।

प्रहरीले तीन राउन्ड गोली चलाएकोमा एक राउन्ड गोली पक्राउ परेका पटेललाई लागेको छ । अपराध अनुसन्धान कार्यालयका एसएसपी बस्नेतका अनुसार पटेललाई उपचारका लागि अस्पताल पठाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार