मुख्य समाचार
बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ |

कप्तान इन्दू बर्माले रचिन् टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहास

देश प्रदेश डेस्क 5303+ समाचार ( )
२१ अशोज २०८२, मङ्गलबार

झाप / मलेसियाविरूद्धको चौथो टी-२० खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोली ६ विकेटले विजयी भएसँगै कप्तान इन्दू बर्माले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहास रचेकी छिन् ।

मंगलबार क्वालालम्पुरमा भएको खेलमा नेपालले जित निकालेसँगै सिरिज २-२ को अवस्थामा पुगेको छ। यसअघि पहिलो र तेस्रो खेल मलेसियाले जित्दा दोस्रो खेलमा नेपाल विजयी भएको थियो ।

मंगलबार पहिले ब्याटिङ गरेको मलेसियाले ५ विकेटको क्षतिमा १११ रन बनायो। उसका लागि मास एलिसाले नटआउट ५६ रन बनाइन्। उनले ६३ बलमा ५ चौका प्रहार गरे।

बलिङमा नेपालका कविता कुँवरले ३ विकेट लिइन्। उनले ४ ओभरमा १० रन मात्र दिइन्। 

११२ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा १७.३ ओभरमा पूरा गर्यो।

नेपालको जितमा कप्तान इन्दू बर्माले नटआउट ४८ रन र रुबिना क्षेत्रीले नटआउट २३ रन बनाए । ४८ रन जोडेसँगै इन्दू नेपालका लागि महिला टी-२० अन्तर्राष्ट्रिय खेलमा एक हजार रन पूरा गर्ने पहिलो ब्याटर भइन्।

अब भोलि हुने पाँचौ खेल सिरिजको निर्णायक खेल हुनेछ। यो खेल जित्नेले सिरिज जित्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार