मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

झापाका ५ पालिका प्रमुख दक्षिण कोरियामा

देश प्रदेश डेस्क 5475+ समाचार ( )
७ अशोज २०८०, आइतबार

झापा झापाका ५ वटा पालिका प्रमुख दक्षिण कोरियाको राजधानी सिओलमा हुने वर्ल्ड मेयर फोरमको समिटमा सहभागी हुन पुगेका छन् । सिओल महानगरपालिकाका मेयरको आमन्त्रणमा जाने टोलीमा झापाका चार नगरपालिका प्रमुखहरू भद्रपुरका गणेश पोखरेल, बिर्तामोडकी पवित्रा महतारा प्रसाईँ, कनकाईका राजेन्द्र पोखरेल, दमकका राम थापा र गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी छन् । पालिका प्रमुखसहितको टोली शनिबार राति त्रिभुवन विमानस्थलबाट दक्षिण कोरिया प्रस्थान गरेका थिए।  आइतबार दक्षिण काेरियाकाे अन्तराष्ट्रिय विमानस्थल इचियाेन सिओलमा झापाली समाज दक्षिण काेरियाले सहभागीलाई भव्य स्वागत गरेकाे छ ।

भद्रपुरका प्रमुख साथै ५ नम्बर वडा अध्यक्ष बन्धु कार्की र अन्तर्राष्ट्रिय युवा केन्द्र नेपालका उपाध्यक्ष योगेन्द्र पौडेल सहभागी छन् । पौडेलका अनुसार झापाको टोली सिओलमै आयोजना हुने वर्ल्ड स्मार्ट सिटी अर्गनाइजेशनको वार्षिक महासभामा समेत सहभागिता जनाउने छ । ती दुवै कार्यक्रम यही असोज ८, ९ र १० गते सिओल महानगरमा आयोजना हुँदैछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै