मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

माओवादी अभियान : सहरी क्षेत्रमा माओवादीप्रति किन छैन उत्साह ?

देश प्रदेश डेस्क 5301+ समाचार ( )
१८ भाद्र २०८०, सोमबार

झापा २०७० को दोस्रो संविधानसभा निर्वाचनदेखि लगातार धक्का खाएको सत्तारूढ दल माओवादी केन्द्रले शनिबारदेखि ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान सुरू गरेको छ ।

केन्द्रीय पदाधिकारीदेखि स्थानीय कार्यकर्तासम्मलाई वडा तहमा परिचालन गरेको माओवादीले पार्टी र जनताबिच टाढिएको सम्बन्ध सुधार गरी पुनर्स्थापित हुने रणनीतिका साथ जनताको घरदैलोमा पुग्न अभियान सञ्चालन गरेको हो । प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कार्यालय पेरिसडाँडाबाट ६ हजार ७४३ वडामा एकसाथ अभियानको उद्घाटन गरे ।

उद्घाटन पश्चात् प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँ चन्द्रागिरि–२ स्थित घट्टेडाँडा पार्क क्षेत्रमा सहभागी भए । जनतासँग प्रत्यक्ष संवादमा जोडिए । उनले आफ्नो बाँकी जीवन देश र जनताका लागि देखिने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

जनयुद्धमा जस्तै जनताको समर्थनले माओवादी फेरि बलियो शक्ति भएर उदाउने विश्वास व्यक्त गर्दै प्रचण्डले सरकार, संसद् र सडक तीनै मोर्चाबाट शान्तिपूर्ण संघर्ष गर्न निर्देशन दिए ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका–२६ स्थित हरिसिद्धि क्षेत्रमा खटिएका थिए । उपाध्यक्ष पम्फा भुसाल ललितपुर महानगरपालिका–२२ मा पुगेर स्थानीयसँग सरसफाइ अभियानमा सहभागी भइन् ।

यसैगरी उपमहासचिव एवं बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्मा ललितपुर महानगर–२६, चिबहालमा सरसफाइमा सहभागी भए । अर्का उपमहासचिव वर्षमान पुन काठमाडौँ महानगरपालिका– १६ स्थित गोङ्गबु क्षेत्रमा रक्तदान तथा सरसफाइ अभियानमा सहभागी भए । अर्का उपमहासचिव गिरिराजमणि पोखरेल गोकर्णेश्वर न.पा–४ मा खटिएका थिए । सचिव गणेश साह अस्वस्थ भएका कारण काठमाडौँ–१० बानेश्वरमा सहभागी हुन सकेनन् । कोषाध्यक्ष श्रीराम ढकाल प्रधानमन्त्रीसँगै चन्द्रागिरि–२ पुगेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार