मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

भद्रपुर अस्पताल चोकमा करिब ९ लाख रूपैयाँकाे कलात्मक बस बिसौनी

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२३ अशोज २०८१, बुधवार

झापा झापाको भद्रपुरस्थित ८ स्थित अस्पताल चोकमा करिब ९ लाख रूपैयाँकाे लगानीमा कलात्मक रुपमा बनाइएको बस बिसौनी ( यात्रु प्रतीक्षालय)को उद्घाटन गरिएको छ ।  मेची प्रादेशिक अस्पताल प्रवेश गर्ने चोकमा निर्मित प्रतीक्षालयको बुधबार बिहान एक कार्यक्रमका बीच भद्रपुर नगर प्रमुख गणेश पोखरेलले उद्घाटन गरेका हुन् ।

   अस्पताल आवतजावत गर्ने यात्रुलाई लक्षित गरेर विसं २०४१ सालमा तत्कालीन भद्रपुर जेसीजका अध्यक्ष गोविन्दचन्द छेत्रीको नेतृत्वमा त्यहाँ यात्रु प्रतीक्षालय निर्माण गरिएको थियो । सो प्रतीक्षालय जीर्ण रहिरहेकै अवस्थामा मेची राजमार्गको स्तरोन्नति भएपछि भत्काइएको थियो । सोही ठाउँमा स्थानीय कलाकार सञ्जय प्रधानको नेतृत्वमा कलात्मक प्रतीक्षालय निर्माण गरिएको हो । कलात्मक यात्रु प्रतीक्षालयको भद्रपुर ८ नम्बर वडा कार्यालयको समन्वयमा नगरपालिकाले निर्माण गरिदिएको हो ।

भद्रपुर ८ नम्बर वडाध्यक्ष गौरव सुब्बा मनोजको अध्यक्षता तथा नगर प्रमुख पोखरेलको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, भद्रपुर २ का वडाध्यक्ष रामबहादुर कँडेल, ५ नम्बर वडाध्यक्ष बन्धु कार्की, ७ नम्बर वडाध्यक्ष अभिषेक ढुङ्गाना, १० नम्बर वडाध्यक्ष टेकबहादुर खडका काजी, प्रतीक्षालय निर्माणका पूर्व संयोजक गोविन्दचन्द छेत्री लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन योगेन्द्र पौडेलले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार