मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

चिया श्रमिकहरुले भदौ १८ देखि चिया बगान र कारखाना बन्द गर्दै

देश प्रदेश डेस्क 5473+ समाचार ( )
१७ भाद्र २०८०, आइतबार

झापा चिया श्रमिकहरुले भदौ १८ गतेदेखि सम्पूर्ण चिया बगान र कारखाना बन्द गर्ने निर्णय गरेका छन् ।

आफ्ना माग पूरा गराउन पटक–पटक अल्टिमेटम दिएपनि बगान संचालकहरुले बेवास्ता गरेपछि आन्दोलनरत चिया श्रमिकहरुले चिया बगान र कारखाना बन्द गर्ने निर्णय गरेका हुन् ।

 जिल्लाका चिया श्रमिक र श्रमिक नेताहरुको भेलाबाट सम्पूर्ण चिया बगान बन्द गर्ने निर्णय गरिएको नेपाल कृषि तथा बगानक्षेत्र श्रमिक संघका राष्ट्रिय संयोजक सन्तकुमार राईले बताए । चिया श्रमिकहरु विगत दुई महिनादेखि आन्दोलनरत छन् । उनीहरुले यसअघि भदौ ७ गतेदेखि नै बन्दको कार्यक्रम घोषणा गरेका थिए । श्रमिकहरुको माग संबोधन हुने आशामा उनीहरुले त्यसलाई भदौ १७ गतेसम्म स्थगित गरेका थिए । तर, बगान संचालकहरुले आफूहरुको मागप्रति पटक्कै वास्ता नगरेपछि बाध्य भएर बन्द हड्तालको कार्यक्रम गर्नुपरिरहेको नेपाल कृषि तथा बगानक्षेत्र श्रमिक संघका राष्ट्रिय संयोजक राईले जानकारी दिए ।

गत भदौ १ गते नेपाल सरकारले श्रमिकहरुको पारिश्रमिक निर्धारण गरी उक्त पारिश्रमिक भदौ १ गतेबाट लागु हुनेगरी राजपत्र समेत प्रकाशन गरी सकेकोले सोही मितिदेखि चियाबगानमा सो अवधिमा कार्यरत रहेका स्थायी तथा मौसमी कामदारहरुले समेत उक्त पारिश्रमिक पाउने व्यवस्था गर्नुपर्ने, अन्य पत्ति डबली बृद्धि, रोजगार सम्झौता र योगदानमा आधारित सामाजिक सुरक्षाकोषमा सबै चिया श्रमिकहरुलाई सूचीकृत गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

नेपाल कृषि तथा बगानक्षेत्र श्रमिक संघका उपाध्यक्ष सहिकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा ट्रेड युनियन कांग्रेसका झापा जिल्ला अध्यक्ष यज्ञप्रताप अधिकारी , नेपाल कृषि तथा बगानक्षेत्र श्रमिक संघका राष्ट्रिय संयोजक सन्तकुमार राई , नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङलगायतले बोलेका थिए । कार्यक्रमको संचालन अखिल नेपाल चिया मजदुर संघकी अध्यक्ष सिता सापकोटाले गरेकी थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार