मुख्य समाचार
अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' | झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग |

झापाका स्थानीयतहमा कर्मचारीहरु आन्दोलित, संघर्ष समिति गठन

देश प्रदेश डेस्क 5357+ समाचार ( )
८ अशोज २०८०, सोमबार

झापा झापाका स्थानीयतहमा  कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन् ।

सरकारले जारी गर्न लागेको संघीय निजामती ऐनविरुद्ध कर्मचारीहरु आन्दोलित भएका हुन् । आन्दोलन सफल पार्नका लागि आज अर्जुनधारा नगरपालिकाको सभाहलमा भएको एक भेलाले २६ सदस्यीय संघर्ष समितिसमेत गठन गरेको छ । जसको संयोजकमा नेत्रप्रसाद पोख्रेल रहेका छन् । उनी भद्रपुर नगरपालिकाका आठौँ तहका कर्मचारी हुन् । सोही भेलाले पोख्रेलकै संयोजकत्वमा ९ सदस्यीय सचिवालयसमेत गठन गरेको छ । जसको सहसंयोजकमा चिरञ्जीवी खवास, प्रवक्तामा राजु गिरीलाई चयन गरेको छ भने सदस्यमा निर्मला आचार्य, डेनिस कडरिया, डिल्ली नेपाल, गोविन्द रिजाल, तेजेन्द्र तामाङ र सुनिता सुवेदी रहेका छन् ।

सरकारले मस्यौदा गरेको संघीय निजामती ऐन स्थानीय तहमा कार्यरत कर्मचारीको हितविपरीत रहेको भन्दै कर्मचारी आन्दोलित बनेको प्रवक्ता गिरीले बताए । उनका अनुसार कर्मचारीको सरुवा, बढुवा, सेवा सुरक्षालगायत एकीकृत निजामती कर्मचरी ऐन बनाउन माग गरिएको छ । ‘राज्यबाट सेवा सुविधा लिएका सबै किसिमका कर्मचारी एकै हुन् भन्ने मान्यता सरकारको होस् भन्ने हाम्रो माग हो’, उनले भने, ‘समायोजन, प्रदेश लोकसेवा, जिल्ला समन्वय समिति र साविक स्थानीय तहबाट समायोजन भएका कर्मचारी भनेर छुट्याउन हुन्न ।’ प्रस्तावित निजामती विधेयकबाट स्थानीय तहका कर्मचारीलाई दोस्रो दर्जाको कर्मचारी बनाउने सरकारको षडयन्त्र भएको उनीहरुको आरोप छ ।

कर्मचारी हकहित मञ्च अर्जुनधाराका अध्यक्ष चिरञ्जीवी खवासको अध्यक्षतामा भएको भेलामा झापाका १५ पालिकामध्ये १४ पालिकाका कर्मचारी उपस्थित थिए । भेलाको संयोजन मञ्चका बरिष्ठ उपाध्यक्ष खगेन्द्र लिङ्देनले गरेका थिए भने सञ्चालन मञ्चका सचिव सौजन कटुवालले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार