मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

दुर्गा प्रसाईका कार्यकर्ताले गाडी फुटाएको दावी

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२५ अशोज २०८०, बिहीबार

झापा झापाको अर्जुनधारामा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रममा सवारीसाधन तोडफोडमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विक्रम लिम्बू रहेका छन् । उनी बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाईका कार्यकर्ता भएको बताइएको छ । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत आएको राष्ट्रिय युवा संघको कार्यक्रम भाँड्न नसकेपछि प्रसाईँका कार्यकर्ताले पार्किङ गरी राखिएका गाडी तोडफोड गरेको दावी गरिएको छ ।

यसअघि काठमाडौंमा आफूमाथि महेश बस्नेतकै उक्साहटमा मोसो दलेको आरोप लगाउँदै प्रसाईले त्यसको बदला लिने चेतावनी दिएका थिए । बस्नेतको कार्यक्रमको विरोध गर्न पहिचानवादीहरु पनि गएका थिए । आफूहरु तोडफोडमा नउत्रिएको १ नं प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिका संयोजक पाण्डवलाल चौधरीले बताए । ‘हाम्रो कार्यक्रम शान्तिपूर्ण थियो, हामीले कालो झन्डा देखाएका हौं ’उनले भने, ‘हामी शनिश्चरे माविभन्दा अगाडि बढेनौं , तोडफोडमा पनि गएनौं ।’

कार्यक्रम बिथोल्न नसकेपछि कार्यक्रममा सहभागी हुन आएका र सर्वसाधारणका गाडीमाथि रिस पोखेका थिए । कोही नभएको मौका छोपी पार्किङमा राखिएका गाडीमा तोडफोड गरी उनीहरू भागेका थिए । कार्यक्रमस्थलका अढाई दर्जनबढी सवारीसाधनमा तोडफोड गरेका छन्।

सडक किनारमा पार्किङ गरी राखिएका १३ वटा चारचक्के सवारीसाधन र करिव १५ वटा मोटरसाइकलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार