मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

वातावरण प्रदूषण जोगाउन जेठ २० गते भद्रपुर साइकल समाजले साइकल र्याली गर्ने

देश प्रदेश डेस्क 5185+ समाचार ( )
१९ जेठ २०८२, आइतबार

झापा इन्धनबाट चल्ने सवारी साधनले वातावरण क्षेत्रमा ठूलो नकरात्मक असर पार्दै गइरहेकोले यस प्रकारका सवारी साधनको विकल्पमा साइकल चढ्ने विकास सन्देश प्रवाह गर्न भद्रपुरमा साइकल र्याली हुने भएको छ ।
 विश्व साइकल दिवस जुन ३ तथा विश्व बाताबरण दिवस जुन ५ को अवसरमा भद्रपुर साइकल समाजले साइकल र्याली गर्ने भएको हो ।
समाजको आयोजना तथा भद्रपुर नगरपालिकाको संयोजनमा चन्द्रगढी बिमान स्थलबाट जेठ  २० गते साइकल र्याली गर्ने निधो गरेको छ ।
मङ्गलबार बिहान ६ बजेबाट सुरु हुने साइकल र्याली कार्यक्रममा नगर प्रमुख/उपप्रमुख, प्रमुख जिल्ला अधिकारी , नेपाल प्रहरीका एसपी , सशस्त्र प्रहरी नम्बर २ गणका गणपति, नगरपालिकाका सबै वडाध्यक्षज्यूहरु, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ,भद्रपुरका सबै सामाजिक सङ्घसंस्था प्रमुखहरु,पत्रकार लगायत साइकलप्रेमीहरुलाइ सहभागी हुन साइकल समाजले आब्हान गरेको समाजका अध्यक्ष जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

चन्द्रगढी बिमानस्थलबाट सुरु हुने र्यालीमा सम्भव भएसम्म आ–आफ्नो साइकल लिएर उपस्थित हुन हार्दिक आमन्त्रण गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
जेठ १ गते कमलधाप संयुक्त धार्मिक स्थलमा वसेको पहिलो भेलाको निर्णय अनुसार ऐतिहासिक रुपमा हुने र्यालीले नगरका धार्मिक पर्यटकीय तथा ऐतिहासिक स्थल,सामुदायिक बनक्षेत्रसमेतमा साइकल यात्री/राइडर्सहरु साइकल संस्कृतिको विकास र विश्व बाताबरण संरक्षणको मुख्य उदेश्य लिइ गाउँ/टोलमा उपस्थित हुने हुँदा स्वागत व्यबस्थापनमा सहयोग गरि दिनुहुन उनले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार