मुख्य समाचार
मोटरसाइकल दुर्घटना हुँदा गरामुनीका दुईजना गंभीर घाइते | बिर्तामोडमा तीनतले घर भारी वर्षाका कारण भासियाे | बिर्तामोडमा चट्याङले हानेर दुईवटा गाई मरे | चितवनमा रास्वपाको प्रथम महाधिवेशन आजदेखि, रवि र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने | बिर्तामोडको बीवाइडी सर्भिस सेन्टरमा आगलागी , लाखौको क्षति | भारतको बागडोग्रामा भएको कार दुर्घटनामा बिर्तामोडका चौधरीको मृत्यु | झापामा लागु औषध भयावह बन्दै, झापाले रोकथाम तथा न्यूनीकरणका लागि आजबाट अभियान सुरु | रास्वपा महाधिवेशनको सम्पूर्ण तयारी पूरा: नेतृत्व सहमतिमा टुङ्ग्याउन रवि र बालेन सक्रिय | कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते, फाराम भर्ने म्याद असार १९ सम्म | सम्झौता उल्लङ्घनको परिणाम अमेरिकाले भोग्नुपर्ने : इरान |

भारतमा लुक्दा प्रसाईंले भेटे हिन्दुवादी अगुवा र बाबा

देश प्रदेश डेस्क 5218+ समाचार ( )
१ वैशाख २०८२, सोमबार

भारतको आसामस्थित बक्सा जिल्लाको निकासीमा दुर्गा प्रसाईं पुगेको ४ दिन भैसकेको थियो । भारतका विभिन्न सहर घुमेर उनी त्यहाँ पुगेका हुन् । चैत २८ मा उनलाई पक्राउ गर्न नेपालबाट खटिएका प्रहरीले नै प्रसाईं बसेको घर ‘लोकेट’ गरे । सो घर भाजपा निकट अविचन्द्र पाठकको थियो । पाठक राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस)मा आबद्ध छन् ।

नेपालस्थित भारतीय राजदूतावास मार्फत आग्रह गरेपछि भारतीय प्रहरीले नेपाल प्रहरीलाई भने, ‘तपाईहरु त्यहाँ नबस्नुस्, हामी पक्राउ गरेर नाकासम्म ल्याइदिन्छौँ ।’ चैत २८ मा साँझ भारतीय प्रहरीले अविचन्द्र पाठकको घरबाट प्रसाईंलाई पक्राउ गरेको केही घण्टामा प्रसाईंको फेसबुकबाट सूचना आयो, ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकले आसाम प्रहरीमा आत्मसमर्पण गर्नुभएको छ ।’

प्रहरी अधिकृतहरूका अनुसार उनले समर्पण गरेका थिएनन् । पूर्व राजा फर्काउने र हिन्दु राज्य कायम गर्न भनेर काठमाडौँमा आयोजित चैत १५ को प्रदर्शन विफल भएपछि उनी भागेर भारत पुगेका थिए । भारतमा करिब दुई साता लुकेर बस्दा उनले हिन्दुवादी अगुवाहरूलाई भेटेर ‘समर्थन’ खोजेको जानकारहरू बताउँछन् ।

प्रहरीका एक जना उच्च अधिकृतका अनुसार भारतमा उनले अवकाश प्राप्त उच्च सरकारी अधिकृतहरू र एक जना बाबालाई भेटे । ती अधिकृत भन्छन्, ‘२०८१ चैत २० मा राजस्थानमा पुगेर उनले बाबालाई भेटघाट गरेको देखिन्छ ।’

उनले भेटेका पुराना उच्च सरकारी अधिकृतहरू हिन्दुवादी मुभमेन्टमा लागेका व्यक्तिहरू हुन् । सबैसँग उनले नेपाललाई हिन्दु राज्य कायम गर्न र पूर्व राजा फर्काउन सहयोग गरिदिन आग्रह गरे । प्रहरीका एक जना उच्च अधिकृत भन्छन्, ‘प्रसाईंले एउटा तहको प्रोटेक्सन पाएका थिए ।’ तर, लुकेको घर पत्ता लगाएर आग्रह गरेपछि त्यहाँका अधिकारीहरू उनलाई पक्राउ गरेर सहयोग गर्न बाध्य भएका थिए ।

प्रसाईं लुकेको घर भुटानको सिमानाबाट ५ किलोमिटर वर छ । पछिल्लो ४ दिनदेखि त्यहाँ बसेका उनी आफू पक्राउ नपर्नेमा ढुक्क थिए । किनभने, घरधनी अविचन्द्र पाठक आरएसएसमा आबद्ध भएको हुनाले समस्या पर्दा भारतीय जनता पार्टीको नेताहरूसँग समन्वय गर्न सक्ने हैसियत राख्छन् । प्रसाईंले आफू नेपालकै मन्दिरमा लुकेको दाबी गरेर बनाएको भिडियो पाठककै घर कम्पाउन्डको मन्दिरमा बसेर बनाएको भेटिएको छ । मार्च ३० अर्थात् चैत १७ मा उनले सो भिडियो बनाएको प्रहरी अधिकृतहरू बताउँछन् । दोस्रो भिडियो सन्देश उनले आसाममै खिचेर ‘ग्रिन स्क्रिन’ बाट ब्याकग्राउन्ड परिवर्तन गरेको पाइएको छ ।

तीनकुनेबाट भागेर प्रसाईं सबैभन्दा पहिले आसाम पुगे । त्यसअघि तीनकुनेबाट इमाडोलस्थित शीतल हाइट, गोदावरी, लुभु, सिरुटार, थिमी, सल्लाघारी हुँदै नालाबाट उनी झापा पुगेको भेटिएको छ ।

त्यसपछि आफ्नो आन्दोलनलाई समर्थन जुटाउन बिहार हुँदै लखनउ पुगे । चैत २१ मा राजस्थान पुगेर एक जना बाबासँग भेटघाट गरे ।

अधिकृतहरूले ती बाबाको नाम सार्वजनिक गरेका छैनन् । त्यहाँबाट फर्किएर उनी फेरि आसाम फर्किएका हुन् ।

पक्राउ गरेर मेचीपुल हुँदै उनलाई भद्रपुर विमानस्थलमा ल्याइएको थियो । चैत २९ मा विमानस्थलमा आएपछि उनले भने, ‘म आत्तिएको छैन, यो तस्कर विरुद्धको लडाइँ हो ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै