मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

शिवसताक्षीको बजेट ९४ करोड ८७ लाख ५६ हजार

देश प्रदेश डेस्क 5481+ समाचार ( )
१० आषाढ २०८३, बुधवार

झापा शिवसताक्षी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ९४ करोड ८७ लाख ५६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १८औँ नगरसभामा उपप्रमुख नरमाया कार्कीले प्रस्तुत गरेकी थिइन् ।
सङ्घीय तथा प्रदेश सरकारको सशर्त कार्यक्रमतर्फ ४८ करोड ५८ लाख ५६ हजार , नगरस्तरीय योजना, विषयगत शाखा तथा वडागत योजनाका लागि २७ करोड ७० लाख रुपैयाँ र प्रशासनिक खर्चतर्फ १८ करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
कुल बजेटमध्ये ३१.५ प्रतिशत पुँजीगत खर्च तथा ६८.५ प्रतिशत चालु खर्च रहेको छ । सामाजिक सुरक्षा तथा संरक्षण भत्ता वितरणका लागि नगरपालिकाले छुट्टै ४० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
नगरका ११ वटै वडालाई सूत्रका आधारमा ५६ लाखदेखि ७२ लाख रुपैयाँसम्म बजेट विनियोजन गरिएको छ । यसअन्तर्गत वडागत योजनाका लागि कुल ७ करोड रुपैयाँ छुट्याइएको छ ।
नगरपालिकाको बजेटले स्वास्थ्य, शिक्षा, कृषि, सामाजिक सुरक्षा, खेलकुद तथा पूर्वाधार विकासलाई केन्द्रमा राख्दै समृद्ध र व्यवस्थित नगर निर्माणको लक्ष्य लिएको नगरसभामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार