मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने

देश प्रदेश डेस्क 5489+ समाचार ( )
२१ जेठ २०८३, बिहीबार

झापा / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणको एकमात्र उद्देश्य नेपालको विकास, समृद्धि र नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउनु रहेको बताएका छन्।

प्रवासी नेपाली सम्पर्क मञ्च भारतद्वारा नयाँ दिल्लीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू राजनीतिक एजेन्डामा भन्दा पनि नेपालको आर्थिक समृद्धि र विकासको ढोका खोल्ने विशेष एजेन्डासहित नयाँ दिल्ली आएको बताएका हुन् । 

भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत उच्चस्तरीय राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका लामिछानेले दुई देशबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा सकारात्मक छलफल भएको जनाएका छन्।

लामिछानेले नेपालले आर्थिक विकास, पूर्वाधार विस्तार, लगानी, पर्यटन तथा रोजगारी सिर्जनामा छिमेकी मुलुकसँग सहकार्य बढाउनुपर्ने आवश्यकता औँल्याउँदै आफ्नो भ्रमण कुनै व्यक्तिगत वा दलगत स्वार्थका लागि नभई नेपालको हितका लागि केन्द्रित रहेको बताएका छन्।

भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भएको भ्रमणका क्रममा उनले विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाट गरेका छन्। उनको भ्रमणलाई नेपाल–भारत सम्बन्धमा नयाँ सन्देश दिने प्रयासका रूपमा हेरिएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै