मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

लेखकको बयान सकियो, ओलीको बयान अस्पतालमै सुरु

देश प्रदेश डेस्क 5489+ समाचार ( )
१९ चैत्र २०८२, बिहीबार

झापा / बहुचर्चित प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री रमेश लेखकको बयान सकिएकाे छ भने पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बयान भने अस्पतालमै सुरु गरिएको छ।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन दमन गरेको कसुरमा पक्राउ परेका ओलीसँग अनुसन्धान अधिकृत र सरकारी वकिलले अस्पतालमा उनीसँग बयान लिन शुरु गरेका हुन् ।

चिकित्सकरुले अस्पताल बाहिर लैजान नमिल्ने राय दिएपछि ओलीसँग अस्पतालमा नै बयान लिन थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । प्रहरी स्रोतका अनुसार स्वास्थ्य समस्याका कारण ओलीलाई अस्पतालमा नै राखेर बयान लिने व्यवस्था मिलाइएको हो। चिकित्सकको निगरानीमा उनको बयान प्रक्रिया अघि बढाइएको जनाइएको छ। यसअघि उनलाई अदालत उपस्थित गराउने तयारी भए पनि स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सो निर्णय परिवर्तन गरिएको हो।

यता, लेखकले भने आफ्नो बयान सकाएका छन्। उनले अनुसन्धानमा आवश्यक सबै विवरण दिएको प्रहरीको दाबी छ। अब अनुसन्धान टोलीले दुवैको बयानका आधारमा थप प्रमाण संकलन तथा कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।

यस घटनाले राजनीतिक वृत्तमा तरंग ल्याएको छ। विपक्षी दलहरूले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् भने समर्थकहरू भने पक्राउ र अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाउदै तत्काल रिहाइकाे माग गरेका छन्।

प्रहरीले भने कानुन अनुसार निष्पक्ष रूपमा अनुसन्धान भइरहेको स्पष्ट पारेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै