झापा / सुनसरीको कोशी गाउँपालिका- ७ स्थितबाट बेवारिसे अवस्थामा १८ बोरा गाँजा प्रहरीले बरामद गरेको छ ।
चाडपर्व विशेष सुरक्षा अन्तरगत गस्ती गर्ने क्रममा असोज १२ गते राती २ बजेको समयमा अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका ७ स्थित पुर्व पश्चिम लोकमार्गको सडक किनारामा १८ वटा प्लास्टिकको बोरामा प्याक गरी राखेको ६ सय ३७ किलो ४५ ग्राम गाँजा बेबारीसे अबस्थामा फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएकाे हो ।
गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न ब्यक्तिहरुको खोजतलास भईरहेको छ ।