मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

गुणस्तर सोध्दा सब-इन्जिनियर कुटिए, ६ पक्राउ

भेषराज नेपाल 128+ समाचार ( )
१८ आषाढ २०८३, बिहीबार

झापा / भोजपुरमा निर्माणाधीन सडकको अनुगमनका क्रममा गुणस्तर कायम गर्न निर्देशन दिँदा पूर्वाधार विकास कार्यालय भोजपुरका सब-इन्जिनियर आनन्दकुमार साहमाथि कामदारहरूले निर्घात कुटपिट गरेका छन्।

भोजपुर–मानेभञ्ज्याङ–बैकुण्ठे–बाँसिखोरा–बालाङ्खा–रानीटार सडकअन्तर्गत रामप्रसाद राई गाउँपालिका–७ स्थित ढडुवा–आरीखोला सडक निर्माण आयोजनाको नियमित अनुगमनका क्रममा यो घटना भएको हो।
अनुगमनका क्रममा सब-इन्जिनियर साहले सडक निर्माण र पर्खालको गुणस्तरमा प्रश्न उठाउँदै प्राविधिक मापदण्डअनुसार सुधार गर्न निर्देशन दिएका थिए। सोही विषयलाई लिएर विवाद उत्पन्न भएपछि कामदारहरूले उनीमाथि भाटा तथा ढुङ्गा प्रहार गरी सामूहिक आक्रमण गरेका थिए।
कुटपिटबाट सब-इन्जिनियर साहको टाउकोमा गम्भीर चोट लागेको छ। जिल्ला अस्पताल भोजपुरमा गरिएको प्रारम्भिक उपचारका क्रममा उनको टाउकोमा ५ वटा टाँका लगाइएको छ भने शरीरका विभिन्न भागमा समेत चोटपटक र नीलडाम लागेको छ। भोजपुरमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेज रिफर गरिएको छ।
सरकारी कर्मचारीमाथि कार्यक्षेत्रमै आक्रमण भएलगत्तै खटिएको प्रहरी टोलीले घटनामा संलग्न ६ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजु लामाका अनुसार पक्राउ पर्नेहरूमा सुजन भनिने प्रितम राई, ज्ञानबहादुर राई, इन्द्रबहादुर राई, दुर्गाप्रसाद राई, प्रदीप राई र निरज बोगटी रहेका छन्। प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि हिरासतमा राखी कानुनी कारबाहीका लागि थप अनुसन्धान अघि बढाएको जनाएको छ।
पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले कर्तव्यपालनाको क्रममा कार्यस्थलमै प्राविधिकमाथि यसरी खुलेआम आक्रमण हुनु अत्यन्तै दुःखद भएको बताउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार