मुख्य समाचार
देवानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो | खोलाले बगाएर छोराको मृत्यु भएपछि आमाले गरिन् आत्महत्या | भद्रपुरस्थित ओम साईं पाथीभरा हस्पिटलद्वारा पानीपोखरेल बन्धुहरूलाई सबै सेवामा २० प्रतिशत छुटको घोषणा | शिवसताक्षी नगरपालिकामा कर्मचारी भर्ती र भत्ता वितरणमा मनपरी ? १ करोड १४ लाख रुपैयाँमाथि महालेखाको प्रश्न | भद्रपुर नगरपालिकाको वेबसाइटमा पुरानै पदाधिकारी, सूचना व्यवस्थापनमा लापरबाही | भद्रपुर नगरपालिकाले निजी सवारीसाधन मर्मतमा मापदण्डविपरीत ४ लाख रुपैयाँ खर्च गरेको खुलासा | झापामा प्रहरीको विशेष अपरेसन : कागजातविहीन १६८ अटो र सिटी सफारी कारबाहीमा, २ लाखभन्दा बढी राजस्व सङ्कल | दुर्गा प्रसाईँको चेतावनी : संविधान संशोधन नभए व्यवस्था ढाल्ने आन्दोलन गर्ने घोषणा | झापामा एलपी ग्यासको अभाव, सर्वसाधारणको जनजीवन कष्टकर बन्दै | अनशनको चौथो दिन : नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था बिग्रँदै, माग सम्बोधनमा सरकार मौन |

‘झापा विद्रोह’ को स्मरणमा आधारित पुस्तक ‘२८ साल’ विमोचित

देश प्रदेश डेस्क 5346+ समाचार ( )
१० माघ २०८०, बुधवार

झापा । तत्कालीन पञ्चायतकालको विरोध र प्रजातन्त्रको स्थापनाका लागि नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको ‘झापा विद्रोह’ को स्मरणमा आधारित लेखक कुमार भट्टराईकृत ‘२८ साल’ सार्वजनिक भएको छ ।

उक्त विद्रोहमा संलग्न नेता र पात्राहरूसँगको अनुभव समेटेर लेखिएको सो पुस्तकको ‘झापा विद्रोह’ का एक साक्षी ठूलो दुर्गा अधिकारी, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल र लेखक भट्टराईले विमोचन गरे ।

साङ्ग्रिला बुक्सले प्रकाशन गरेको सो पुस्तक झापा विद्रोहका ३५ जना पात्रलाई केन्द्रित गरेर औपन्यासिक शैलीमा लेखिएको छ । विसं. २०२७ चैतमा ‘पूर्वकोशी प्रान्तीय कमिटी’बाट झापाली युवाहरुले विद्रोह गरेर ‘कोअर्डिनेसन केन्द्र’ को गठन गरेपछि जमिन्दारी प्रथाविरुद्ध सशस्त्र कारवाही आरम्भ गरेका थिए ।

कार्यक्रममा ठूलो दुर्गा अधिकारीले त्यसबेलामा सङ्घर्ष र बलिदानकै जगमा हाल मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै आन्दोलनमा लाग्दाका अनुभव र कथा–व्यथा देश र जनताका हितका लागि पस्कन आफूहरु तयार रहेको बताए ।वरिष्ठ पत्रकार दाहालले नेपालमा राणा शासन र पञ्चायत शासनविरुद्ध कम्युनिष्ट र कांग्रेसले अनेक चरणमा आन्दोलन गरेको उल्लेख गर्दै झापा विद्रोह एक महत्वपूर्ण चरण भएकाले बताए । उनले पुस्तकका माध्यमबाट उक्त विद्रोहलाई हालसम्मका बुझाइलाई थप परिस्कृत बनाउन सहयोग मिल्ने जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार