मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

विगतका कमजोरीबाट पाठ सिकेर जनतामाझ फर्किनुपर्ने -गगन

देश प्रदेश डेस्क 5364+ समाचार ( )
९ आषाढ २०८३, मङ्गलबार

झापा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसले विगतका कमजोरीबाट पाठ सिकेर नयाँ ऊर्जा, नयाँ नेतृत्व र नयाँ राजनीतिक संस्कृतिसहित जनतामाझ फर्किनुपर्ने बताए । झापाको बिर्तामोडमा आज आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सभापति थापाले कांग्रेसको पहिलो दायित्व जनताको विश्वास पुनः प्राप्त गर्नु रहेको बताएका छन् ।

विगतमा सत्ता केन्द्रित राजनीतिक अभ्यास, अस्थिर गठबन्धन र सीमित नेताको सत्तामोहका कारण पार्टीप्रति जनतामा गहिरो असन्तुष्टि पैदा भएको स्वीकार गर्दै उनले सरकार गठनको अंकगणितभन्दा जनताको मन जित्ने राजनीति नै कांग्रेसको भावी मार्ग हुनुपर्नेमा जोड दिए ।

 उनले विगतमा कांग्रेसले स्पष्ट राजनीतिक उद्देश्यबिना पटक–पटक गठबन्धन गर्ने र फेरि सहजै त्यही गठबन्धन तोड्ने अभ्यासले जनतामा पार्टीप्रति वितृष्णा बढाएको स्वीकार गरे । सत्ता साझेदारी, भागबण्डा र केही नेताको प्रधानमन्त्री बन्ने आकांक्षाले कांग्रेसको मूल राजनीतिक चरित्र कमजोर बनेको उनको विश्लेषण थियो ।

कार्यक्रममा वोल्दै पार्टीका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसले आत्मविश्वासका साथ अघि बढ्नुपर्ने बताए । उनले पार्टीमा पुस्तान्तरण भइसकेको उल्लेख गर्दै अहिले ५० वर्षमुनिको नेतृत्वले कांग्रेसको बागडोर सम्हालिरहेको बताए ।

उनले मेचीनगरको बाहुनडाँगी क्षेत्रमा वर्षौंदेखि कायम रहेको जंगली हात्तीको आतंकप्रति पनि सरकारको ध्यानाकर्षण गराए ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे,पार्टीका सहमहामन्त्री डिला संग्रौला, नेपाली कांग्रेसकी नेतृ मन्धरा चिमरिया , पार्टीका कोशी प्रदेश सभापति उद्धव थापा लगायतले बोलेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै