मुख्य समाचार
झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग | झापामा सम्बन्धविच्छेदका घटना बढ्दै | राणा र दुर्गा प्रसाईंले गठनधवलशमशेर गरे ‘जय नेपाल पार्टी’ | सहुलियत शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै ओमसाईं पाथीभरा हस्पिटल, भद्रपुर | देवानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो | खोलाले बगाएर छोराको मृत्यु भएपछि आमाले गरिन् आत्महत्या | भद्रपुरस्थित ओम साईं पाथीभरा हस्पिटलद्वारा पानीपोखरेल बन्धुहरूलाई सबै सेवामा २० प्रतिशत छुटको घोषणा | शिवसताक्षी नगरपालिकामा कर्मचारी भर्ती र भत्ता वितरणमा मनपरी ? १ करोड १४ लाख रुपैयाँमाथि महालेखाको प्रश्न |

पूर्व कृषि मन्त्रीलाई भ्रष्टाचारको आरोपमा मृत्युदण्ड

देश प्रदेश डेस्क 5351+ समाचार ( )
१३ अशोज २०८२, सोमबार

चीनका पूर्व कृषिमन्त्री ताङ रेनजियानलाई आइतबार भ्रष्टाचार मामिलामा मृत्युदण्डको सजाय सुनाइएको छ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, ताङले सन् २००७ देखि २०२४ सम्म विभिन्न पदमा रहँदा ५ अर्ब ७ करोड रुपैयाँभन्दा बढी नगद र सम्पत्ति घुसस्वरूप लिएका थिए।

यद्यपि, उनलाई दुई वर्षको समयावधि दिइएको छ। अदालतले आफ्नो फैसलामा ताङलाई उनका राजनीतिक अधिकारहरूबाट वञ्चित गरेको छ। अदालतले ताङको सम्पूर्ण सम्पत्ति जफत गरिने  र घुसमार्फत संकलन गरिएको सम्पत्ति राष्ट्रकोषमा जम्मा गरिने उल्लेख गरेको छ ।

अदालतका अनुसार, यस घुसप्रकरणले देश र जनताको हितमा ठूलो क्षति पुर्‍याएकोले ताङलाई मृत्युदण्ड दिइएको हो।

सिन्ह्वाका अनुसार, ताङले आफ्ना अपराध स्वीकार गरेका छन् र पश्चाताप पनि गरेका छन्।

यो सजायलाई राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरुद्धको अभियानको हिस्सा भनिएको छ ।  यसअन्तर्गत धेरै ठूला नेताहरूलाई सजाय भइसकेको छ। समर्थकहरूको भनाइमा यो अभियानले स्वच्छ शासनलाई प्रोत्साहन दिन्छ ।

उता, आलोचकहरू यसलाई सीले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई हटाउने हतियारका रूपमा प्रयोग गरिरहेको बताएका छन् ।

ताङ यसअघि गान्सु प्रान्तका गभर्नर र ग्वाङ्सी स्वायत्त क्षेत्रका उपाध्यक्ष पनि रहिसकेका छन्। उनका पछि पूर्व रक्षा मन्त्रीहरू ली शाङफु र वेई फेङहे पनि भ्रष्टाचार अनुसन्धानको दायरामा परेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार