मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

ओलीको कडा चेतावनी: 'नेतृत्व छोड्दिनँ, छोड भन्नेलाई कारबाही गरिन्छ'

भेषराज नेपाल 84+ समाचार ( )
२१ आषाढ २०८३, आइतबार

झापा / निर्वाचन पराजयपछि नेकपा (एमाले) भित्र चुलिएको विवाद र पार्टी पुनर्गठनको बहसका बीच अध्यक्ष केपी शर्मा ओलीले कडा र आक्रामक रूपमा आफ्नो अडान सार्वजनिक गरेका छन्।

पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको आन्तरिक दबाबलाई पूर्ण रूपमा खारेज गर्दै ओलीले आफूले कुनै पनि हालतमा नेतृत्व नछाड्ने र राजीनामा माग्नेहरूविरुद्ध कडा संगठनात्मक कारबाही गर्ने चेतावनी दिएका हुन्।

जनसंगठनका पदाधिकारीहरूबाट सुझाव सङ्कलनका लागि आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टी पुनर्गठनका नाममा भइरहेका गतिविधिहरू अनुशासनहीन भएको टिप्पणी गरे।

पार्टीभित्र उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल तथा काठमाडौँ जिल्ला कमिटी लगायतका विभिन्न तहबाट नेतृत्वले मार्गप्रशस्त गर्नुपर्ने आवाज उठिरहेका बेला ओलीले त्यसको तीव्र प्रतिवाद गरेका छन्। आफू पराजित मानसिकता बोकेर वा कसैको दबाबमा आएर अप्ठ्यारो परिस्थितिमा मैदान छोड्ने मान्छे नभएको उल्लेख गर्दै ओलीले पार्टीलाई पुनः सफल र सुदृढ बनाएर मात्र विश्राम लिने दाबी गरे। उनले पार्टीभित्र समानान्तर बहस चलाउन खोज्ने र नेतृत्वको विकल्प खोज्नेहरूलाई सिधै कारबाहीको दायरामा ल्याउने कडा चेतावनी समेत दिए। पार्टीले पुनर्गठनबारे कुनै औपचारिक निर्णय नगरेको अवस्थामा अनुशासनको सीमा नाघेर जसले 'नेतृत्व छोड' भन्दै हिँड्छ, त्यस्ता तत्वहरूलाई पार्टीले तह लगाउने र कडा कारबाही गर्ने उनको आक्रोश थियो।
ओलीले नेतृत्व पुनर्गठनको माग उठाउनु पार्टीलाई कमजोर बनाउने र विभाजन गर्ने बाह्य तथा आन्तरिक षड्यन्त्रको हिस्सा भएको ठहर गरे। आफ्नै विश्वासपात्र भनिएका नेताहरू समेत पुनर्गठनको पक्षमा उभिएपछि आक्रोशित बनेका ओलीले गुन्डुस्थित आफ्नै निवासमा नेताहरूलाई बोलाएर पार्टीभित्र र बाहिरबाट भइरहेका यस्ता 'विभाजनकारी खेल' विरुद्ध सचेत रहन निर्देशन दिएका छन्। पार्टीभित्र रामबहादुर थापा 'बादल' नेतृत्वको कार्यदलले निर्वाचन समीक्षा र पुनर्गठनको सुझाव सङ्कलन अभियान सकिरहेका बेला ओलीको यो कडा शैलीले एमालेभित्रको अन्तरसंघर्ष थप उत्कर्षमा पुग्ने निश्चित देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार