मुख्य समाचार
युवकको हत्या आराेपमा दमकका दोर्जे शेर्पासहित तीनजना पक्राउ | चट्याङ् लागेर झापामा एककाे मृत्यु | लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ | अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने | दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश | एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित | पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी | प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित | झापामा सर्पले डसेर बृद्दाकाे मृत्यु |

भद्रपुरमा पहिलो पटक साउन ३ मा ‘कोरा साइक्लिङ च्यालेन्ज’ हुने

देश प्रदेश डेस्क 5228+ समाचार ( )
३१ आषाढ २०८२, मङ्गलबार

झापा भद्रपुरमा पहिलो पटक ‘कोरा साइक्लिङ च्यालेन्ज’ हुने भएको छ ।  नेपालमा मनाइने ‘कोरा साइक्लिङ च्यालेन्ज’ २०२५ को १५औं संस्करण अन्तरगत भद्रपुरमा पहिलो पटक मनाउने लागेको हो । भद्रपुर साइकल समाज झापाको आयोजनामा यही साउन ३ गते बिहान ६ः१५ बजेदेखि प्रथम संस्करणको  ‘कोरा साइक्लिङ च्यालेन्ज’ हुन लागेको भद्रपुर साइकल समाजका अध्यक्ष जीवन‌कुमार श्रेष्ठले बताए । 

भद्र‌पुर नगरको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलहरूलाई समेट्‌दै गरिने साइकल आध्यात्मिक यात्राले भद्र‌पुरको पर्यटकीय सम्भावना र स्वास्थ्यप्रतिको चेतना अभिवृ‌द्धिमा सहयोग पुग्ने अध्यक्ष श्रेष्ठको भनाई छ ।   उनकाे भनाइ अनुसार यो आध्यात्मिक यात्रा हो, तीर्थस्थल दाहिने पारेर एक फन्को मार्नु कोरा हो । यो कुनै रेस वा र्‍याली होइन, यहाँ सबैले जित्ने, सवैका लागि रमाइलो र स्वस्थ समाजका लागि पर्यावरण मैत्री उत्सव हो, यो कोरा च्यालेन्ज हो।' साइकल यात्रामा १२५ जना सहभागी हुनेछन्, जसमा ३ जना महिला सहभागी हुने उनले बताए । 

भद्रपुर नगरपालिकालगायत विभिन्न सङ्घसंस्थाको सहकार्यमा  धार्मिक र पर्यटकीय स्थलहरूको परिक्रममा पछि समापन हुने कार्यक्रममा विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहको उपस्थिति रहने र अग्रज साइकल राइड‌रलाई सम्मान गर्ने कार्यक्रम रहेको जनाइएको छ।

साइकल राइड महेन्द्र उद्यान चन्द्रगढीबाट सुरु भई भद्रपुर- १० स्थित काली मन्दिर र दुर्गा पाञ्चायन मन्दिर, भद्रपुर-९ स्थित (केदारेश्वर शिव मन्दिर- लक्ष्मीचोक-देवकोटाचोक भट्टराईको मन्दिर) भद्रपुर-८ स्थित स्वर्णमार्ग (मेची क्याम्पस भद्रशिवा मन्दिर विलिभर्स चर्च दाहिने पारेर गणेश मन्दिर) भद्रपुर-५  स्थित वडा कार्यालय पूर्वबाट (मेची नदी रिभर साइड हुँदै भद्रपुर बजारबाट भद्रपुर भन्सार अगाडी)  नयाँ बजार हुँदै भद्रपुर-४ स्थित तारा नगर दुर्गा मन्दिर, आँपगाछी प्रहरी चौकी, भद्रपुर ३ वडा कार्यालय छेउ हुँदै (किचकबध -सुर्यनगर-चारआली-सोमबारेचोक) भद्रपुर १ वडा कार्यालय परिसरको शिव मन्दिर हुँदै कमलधाप धार्मिक स्थलबिचबाट आमाचोक गौरीशंकर वस्ति हुँदै देउनिया पुल ज्ञानेचोकबाट पश्चिम मायालु सामुदायिक वन, रबर खेती हुँदै रंगेडाडा, मन्त्रीचोक,  गार्मेण्टचोकबाट वीरेन्द्र मावि छेउबाट मेची रङ्गशालामा पुगी समापन कार्यक्रम हुने उनले जनाए  ।

जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार