मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

भद्रपुरकोे पृथ्वीनगरमा श्रीमान श्रीमती मृत फेला

देश प्रदेश डेस्क 5475+ समाचार ( )
७ मंगशिर २०८०, बिहीबार

झापा झापाको भद्रपुर नगरपालिका–१ पृथ्वीनगरमा श्रीमान श्रीमती मृत फेला परेका छन् । श्रीमान ३६ वर्षीय सुवास लिम्बू र उनकी श्रीमती ३५ वर्षीया जुनिता लिम्बू मृत फेला परेका हुन् ।

जुनिता घरभित्र र सुवास घरनजिकैको रुखमा झुन्डिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । श्रीमती जुनितालाई हत्या गरी सुवासले आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनले सुवासले लेखेको सुसाइड नोटसमेत फेला परेको जानकारी दिए । श्रीमतीको हत्यापछि आफूले आत्महत्या गरेको कुरा सुवासले त्यहाँ उल्लेख गरेको बताइएको छ ।

दुवैजनाले मादक पदार्थ सेवन गरी राति झैझगडा गरेका थिए । सुवासका दाजुलगायतले राति ११ बजे घरमा उनीहरुको झगडा मिलाएका थिए ।त्यसपछि सो घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको डीएसपी रिजालले जानकारी दिए । लिम्बू दम्पत्तिका तीनजना नाबालक छोराछोरी रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार