मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

झापा गरामनीकी सन्ध्या चुँडाल विराटनगरमा यौन धन्दा चलाएकाे आराेपमा पक्राउ,साह फरार

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२४ आषाढ २०८१, सोमबार

झापा  विराटनगरमा घरको फ्ल्याट भाडामा लिएर युवतीहरूलाई अवैध हिसाबले यौन धन्दामा लगाउने झापा गरामनीकी २३ वर्षीया सन्ध्या चुँडाल पक्राउ परेकी छन् ।

विराटनगर महानगरपालिका–११ स्थित नयाँ गुद्रीमा घरको फ्ल्याट भाडामा लिएर सुनसरी इनरुवाका अन्दाजी ३० वर्षीय राजकुमार साह र झापा गरामनीकी चुँडालले युवतीहरूलाई यौन व्यवसायमा लगाउँदै आएकाे  आराेपमा जिल्ला प्रहरी कार्यालय माेरङले पक्राउ गरेकाे जनाएकाे छ ।  उनीहरुले आकर्षक रोजगारी दिने भन्दै प्रलोभनमा पारी विभिन्न ठाउँबाट युवतीलाई ल्याएर भाडाको कोठामा राख्दै यौन व्यवसायमा लगाउने गरेको खुलेको हो। युवतीलाई कुटपिट गर्दै यातना दिएर जरबजस्ती यौन क्रियाकलापमा लगाउनेमध्ये चुँडाललाई प्रहरीले पक्राउ गरेको छ। उनीविरुद्ध मानव बेचबिखन मुद्दा चलाउन आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार चुँडालका व्यवसायिक साझेदार साह भने फरार भएका छन्। उनको खोजी भइरहेको जानकारी बस्नेतले दिए।

वेश्यावृत्तिमा लगाउने गरिएका युवतीलाई राखेको फ्ल्याटमा प्रहरीले छापा हानेर ६ जनालाई उद्धार गरेको छ। वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको डीएसपी बुद्ध श्रेष्ठ नेतृत्वको टोलीले भाडाको फ्ल्याटमा छापा हानेर गत शुक्रबार २१ देखि २३ वर्ष उमेर समूहका युवतीहरूको उद्धार गरेको हो। मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार उद्धार गरिएकामध्ये काठमाडौं, काभ्रेपलाञ्चोक, स्याङ्जा र उदयपुरका १/१ जना तथा झापाका २ जना छन्। कार्कीका अनुसार साह र चुँडालले मोहन सिटौलाको २ तले घरको भुइँतलाको फ्ल्याट भाडामा लिएर युवतीहरूलाई राख्ने गरेको पत्ता लागेको थियो ।

‘२ महिनाअघिदेखि फ्ल्याट भाडामा लिएर युवतीहरूलाई राख्दै यौन व्यवसायमा लगाउने गरिएको खुल्यो। आकर्षक रोजगारीको प्रलोभनमा पारेर काठमाडौंलगायत विभिन्न ठाउँबाट झिकाइएका युवतीहरूलाई आफ्नो सम्पर्कमा रहेका व्यक्तिसँग जबरजस्ती यौन सम्पर्क गर्न बाध्य पार्ने गर्दा रहेछन्,’ उनले भने। उनका अनुसार फ्ल्याट भाडामा लिएर युवतीलाई राखिएको भए पनि यौन व्यवसायमा लगाउन भने सम्पर्कमा रहेका व्यक्तिमार्फत अन्यत्र नै पठाउने गरेको पाइएको छ।

साह र चुँडालले यौन व्यवसायमा लगाउने नाममा युवतीहरूलाई चरम यातनासमेत दिने गरेको एसपी कार्कीले बताए। ‘कुटपिट गरेको चोट र निलडाम शरीरभरि छ। हातलगायत शरीरका विभिन्न भागमा चुरोटका ठुटाले पोलेको घाउहरू देखिन्छ,’ उनी भन्छन्, ‘आफूहरूले भनेको नमानेमा युवतीलाई कुटपिट गर्दै यातना दिने गरिँदो रहेछ। यातना र शोषणको पीडा युवतीहरूले प्रहरीलाई रुँदै सुनाएका थिए।’

उद्धार गरिएका युवतीहरूलाई भने प्रहरीले महिला अधिकारवादी संस्थाको जिम्मा लगाएको थियो। संस्थामार्फत नै युवतीहरूलाई आआफ्नो घर फिर्ता गरिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार