मुख्य समाचार
कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ | साउदी राजधानी रियादसम्म हुथीको मिसाइल प्रहार, यान्बुमा पनि आक्रमणको दाबी | ज्ञानोदयको बार्षिक साधारणसभामा २४ जना सम्मानित | लागूऔषध कारोबारको आरोपमा मेचीनगरबाट तीन जना पक्राउ | पिकअपमा लोड हुँदै गरेको अवस्थामा १ हजार ४५४ किलो गाँजासहित एक जना पक्राउ |

चुनाव प्रचारप्रसारमा उम्मेदवारलाई दुई सवारी र चार घोडा प्रयोग गर्न अनुमति

देश प्रदेश डेस्क 5469+ समाचार ( )
६ पौष २०८२, आइतबार

झापा / आउदै गरेकाे प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले प्रस्ताव गरेको आचारसंहिताअनुसार चुनाव प्रचारप्रसारमा उम्मेदवारले दुई सवारीसाधन र चार घोडा अनुमति लिएर मात्रै प्रयोग गर्न  पाउने व्यवस्था गरिएको छ।

प्रस्तावित आचारसंहितामा अनुमति प्राप्त सवारीसाधनबाहेक अन्य सवारी प्रयोग गरी चुनावी प्रचारप्रसार वा प्रचार सामग्री प्रदर्शन गर्न निषेध गरिएको छ।

अनुमति नलिई सवारी प्रयोग गरेको पाइएमा त्यस्ता सवारीसाधन नियन्त्रणमा लिई कारबाही गरिने व्यवस्था छ। ट्राफिक प्रहरी वा अन्य सुरक्षाकर्मीले सवारी नियन्त्रणमा लिएर जिल्ला आचारसंहिता अनुगमन समितिलाई जानकारी गराउनुपर्नेछ।

आचारसंहिताअनुसार निर्वाचन अधिकृतको अनुमति लिएर सम्बन्धित निर्वाचन क्षेत्रभित्र आयोगले तोकेअनुसार बढीमा दुईवटा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा इन्धनबाट चल्ने सवारीसाधन प्रयोग गर्न सकिनेछ। सवारीसाधन नचल्ने स्थानमा भने चारवटा घोडा प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ।

विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्न नपाइने र त्यसका लागि कुनै पनि अनुमति नदिइने उल्लेख छ। राजनीतिक दलले प्रक्रिया पूरा गरी तोकिएको संख्या र प्रकारका सवारीसाधन मात्र प्रयोग गर्न पाउनेछन्। सवारीसाधनको स्वरूप परिवर्तन गरी प्रयोग गर्न वा गराउनसमेत निषेध गरिएको छ।

अनुमति प्राप्त सवारीसाधन अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन नपाइने र अनुमति नलिएको उम्मेदवारले प्रयोग गर्न नपाउने व्यवस्था छ। साथै, कुनै पनि दल वा उम्मेदवारले अनुमति लिएका सवारीसाधन प्रयोग गरी मतदाता ओसारपसार गर्न नपाउने उल्लेख गरिएको छ।

तर हिँडडुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकजस्ता मतदाताका हकमा निर्वाचन अधिकृतले अनुमति दिएको अवस्थामा सवारीसाधन प्रयोग गर्न बाधा नपर्ने व्यवस्था गरिएको छ।

यसैगरी, राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्नोतर्फबाट मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्नेछ। आयोगबाट अनुमति प्राप्त मुख्य प्रचारकले हेलिकप्टर प्रयोग गर्न सक्ने व्यवस्था पनि प्रस्तावित आचारसंहितामा समावेश गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार