मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

झापा गाैरादहमा दुईवटा मोटरसाइकल जुध्दा एकको मृत्यु, अर्का घाइते

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१ श्रावण २०८१, मङ्गलबार
  •                                                                                                                   साङ्केतिक तस्वीर

झापा  झापाको गौरादहमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा एकजनाको मृत्यु भएको छ ।

आज साँझ ७.१० बजे गौरादह नगरपालिका वडा नं.१ सितापुरी चोकस्थित भित्री सडकखण्डमा रङ्गपुरबाट सितापुरीतर्फ जाँदै गरेको बा ७० प १८१ नं. को मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको मे ६ प ५८१ नं.को मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । दुर्घटनामा बा ७० प १८१ नं.को मोटरसाइकल चालक कमल गाउँपालिका वडा नं. ५ बस्ने २४ वर्षीय सन्जोक भण्डारी र मे ६ प ५८१ नं. को मोटरसाइकल चालक गौरादह नगरपालिका वडा नं. १ बस्ने अन्दाजी बर्ष २७/२८ का दुर्गा ताजपुरीया घाइते भएकाे प्रहरीले जनाएकाे छ  ।

दुबै जनालाई उपचारका लागि निम्स अस्पताल दमक लगिएकोमा उपचारको क्रममा भण्डारीलाई साँझ ७.३० बजे डाक्टरले मृत घोषणा गरेकाे अस्पतालले जनाएकाे छ  । अर्का मोटरसाइकल चालक ताजपुरीयालाई थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड रेफर गरिएको र उनको अबस्था मध्यम रहेको  प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार