मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

गृहमन्त्री लामिछाने माथि छानबिन गर्ने संसदीय समिति बनाउन प्रधानमन्त्री सकारात्मकः कांग्रेस

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२९ वैशाख २०८१, शनिबार
झापा । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री लामिछाने माथि सहकारी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक भएको बताएको छ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको बैठकपछि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन  प्रधानमन्त्री प्रचण्ड सकारात्मक भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए। 

छलफलपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा लेखकले प्रधानमन्त्रीसँग नेपाली काँग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर छानबिन हुनुपर्ने माग राखेको र प्रधानमन्त्री सो विषयमा सकारात्मक भएको बताएका हुन्।

‘हामीले सहकारी सन्दर्भमा जे कुरा उठाउँदै आएका छौं, संसदीय छानबिन समिति गठन गर्ने कुराका बारेमा हामीले आफ्ना कुरा राखेका छौं। प्रधानमन्त्रीज्यूसँग यो बारेमा कुराकानी भयो,’ उनले भने, ‘हामीले आफ्ना कुरा राखेका छौं। प्रधानमन्त्रीजीले सकारात्मक ढंगले लिनुभएको छ। सकारात्मक कुरा नै छ। हामीले हाम्रो कुरालाई यथावत् राखेका छौं। प्रधानमन्त्रीजीले सकारात्मक कुरा गर्नुभएको छ।’

उनले सोमबार बस्ने संसदीय दलको बैठकले थप निर्णय गर्ने पनि बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार