मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

दुई तहको शासकीय संरचनासहित राप्रपाको घोषणापत्र सार्वजनिक

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२ फाल्गुन २०८२, शनिबार

झापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा चुनावका लागि  अभिभावकीय संस्थाका रूपमा राजसंस्थालाई अघि सारेको छ । यस्तै निर्वाचन प्रणालीमा परिवर्तन र सुधार गर्नुपर्ने भन्दै प्रदेशको खारेजी, केन्द्र र बलियो पालिका भएको दुई तहको शासकीय संरचनाको कल्पना गरेको छ ।‘सङ्कपपत्र’ नाम दिएको घोषणापत्र । पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले सङ्कल्पपत्र सार्वजनिक गरेका हुन् ।

पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र हुनुपर्ने राप्रपाको भनाइ छ । ‘बरु नष्ट हुन्छौं, भ्रष्ट हुँदैनौं’ भन्ने नारासहित राप्रपाले उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानूनी व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ ।

राप्रपाले पाँच वर्षभित्र आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा माथि पुर्‍याउने लक्ष्य राखेको छ । रोजगार र आयआर्जनका अवसर वृद्धि गरी उपभोग तथा बचत क्षमता बढाउने तथा वैदेशिक लगानीकर्तालाई आकर्षित गर्न लगानीमैत्री कानून निर्माण गर्ने घोषणापत्रमा उल्लेख छ ।

नेपाललाई ‘ग्रे लिस्ट’बाट मुक्त गर्न वित्तीय पारदर्शिता, मनी लाउन्ड्रिङ नियन्त्रण तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार नियामक सुधार गर्ने, सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधान गरी बचतकर्ताको रकम सुरक्षित गर्ने राप्रपाको लक्ष्य रहेको घोषणापत्रमा उल्लेख छ । घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष लिङदेनले शतप्रतिशत कार्यान्वयन गर्न सकिने प्रतिबद्धताहरू मात्रै समावेश गरेको दाबी गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार