मुख्य समाचार
झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग | झापामा सम्बन्धविच्छेदका घटना बढ्दै | राणा र दुर्गा प्रसाईंले गठनधवलशमशेर गरे ‘जय नेपाल पार्टी’ | सहुलियत शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै ओमसाईं पाथीभरा हस्पिटल, भद्रपुर | देवानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो | खोलाले बगाएर छोराको मृत्यु भएपछि आमाले गरिन् आत्महत्या | भद्रपुरस्थित ओम साईं पाथीभरा हस्पिटलद्वारा पानीपोखरेल बन्धुहरूलाई सबै सेवामा २० प्रतिशत छुटको घोषणा | शिवसताक्षी नगरपालिकामा कर्मचारी भर्ती र भत्ता वितरणमा मनपरी ? १ करोड १४ लाख रुपैयाँमाथि महालेखाको प्रश्न |

झापाका नाकामा तस्करी मौलायाे
सशस्त्र प्रहरीद्धारा काँकडभिट्टा नाकाबाट १० लाख मूल्य बराबरको लत्ताकपडा बरामद

देश प्रदेश डेस्क 5351+ समाचार ( )
१८ भाद्र २०८१, मङ्गलबार

झापाआउँदै गरेका चाडपर्वलाइ लक्षीत गरी झापाका नाकामा तस्करी मौलाएको छ । झापाका मुख्य नाका काँकडभिट्टा,भद्रपुर,केचना,झापा बजार,राजगढ लगायतका नाकामा तस्करी हुने गरेको विभिन्न घटनाले पुष्टि गरेको छ ।
एक महिना अघि झापाको टिमाइ नाकाबाट १२ लाख मूल्य बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरीले आज पुनः काँकडभिट्टा नाकाबाट १० लाख मूल्य बराबरको लत्ताकपडा बरामद गरेको सो कार्यालयले जनाएको छ । यसरी सशस्त्र प्रहरीले सामान बरामद गरेपछि झापामा तस्करी मौलाइ्रएको पुष्टि हुन्छ ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट वाहुण्डाँगीबाट खटिएको गस्ती टोलीले मङ्गलबार साँझ मेचीनगर २ भृकुटी चोक दक्षिण पिपल चोकमा भन्सार छलि अवैध रुपमा भारतबाट नेपाल भित्र्याउदै गरेको लत्ताकपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डिएसपी एवम सूचना अधिकारी सुमन पोखरेलले जानकारी दिए । विषेश सूचनाका आधारमा गएको प्रहरी टोलीले कुर्ता र पाइजामा १३५ सेट, जेन्स भेष्ट २०० थान,कुर्ताको कपडा ३२० मीटर,ब्लाउजको सादा कपडा ४०० मीटर, २÷२ ब्लाउजको कपडा २१६ मीटर गरी अन्दाजी १० लाख मूल्य बराबरको सामान बरामद गरिएको डिएसपी पोखरेलले बताए । बरामद सामानलाइ प्रक्रिया पूरा गरी मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइने पोखरेलले बताए ।

यता भद्रपुर नाकामा भने सशस्त्र प्रहरीले साना व्यापारीलाई दुःख दिएर ठूला व्यापारीलाइ छाड्ने गरेको गुनासो आएको छ । नेपाल – भारतको सीमा मेची पुलको सवैभन्दा पहिलो चेकजाँचमा भद्रपुरमा रहेको सशस्त्र प्रहरी टोली खटिदै आइरहेको छ । एक महिना अघि कार्यभार सम्हाल्दै आएका डिएसपीप्रति साना व्यापारीले गुनासो गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार