मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

नेता सिटाैलाका कारण बिर्तामाेड १० ओझेलमा

देश प्रदेश डेस्क 5473+ समाचार ( )
१६ माघ २०८२, बिहीबार

झापा काँग्रेस कार्यकर्ताहरुको भोटले चुनाव जित्ने साेच बनाएर झापा ३ मा बिर्तामाेड १० गाभेका नेता कृष्णप्रसाद सिटाैलाकाे याेजना फेल खाएकाे छ । बत्तीमुनिको अँध्यारो भनेजस्तै विकास निर्माणको हिसाबले साे वडा बिगत ८ वर्षदेखि ओझेलमा परेको वडावासीले गुनासाे गरेका छन् ।

 २०७४ मंसिर १० गतेको निर्वाचनमा झापा ३ बाट उम्मेदवार बनेका कांग्रेसका पूर्व महामन्त्री  सिटौलाले निर्वाचनको मुखमा बिर्तामोडको १० नं वडालाई नगरपालिकाबाट अलग्याएर क्षेत्र नं ३ मा गाभ्न लगाए ।

उनको निजी स्वार्थ थियो – बिर्तामोड १० मा भएका कांग्रेस कार्यकर्ताहरुको भोटले चुनाव जित्ने । तर, निर्वाचनको परिणाम उल्टो आयो । २०७४ सालको निर्वाचनमा ४४ हजार ६१४ मतसहित राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित हुँदा सिटौलाको पक्षमा ३१ हजार १७१ मत परेको थियो ।

२०७० सालदेखि लिङ्देनसंग लगातार भिड्दै आएका सिटौला २०७९ को निर्वाचनमा फेरि झापा ३ मा उम्मेदवार बने । त्यस निर्वाचनमा पनि उनी पराजित भए । लिङ्देनले ४० हजार ६४८ मतसहित आफ्‌ना निकटतम् प्रतिद्वन्द्वी सिटौलालाई पराजित गरेका थिए । सिटौलाले ३७ हजार ३७२ मत ल्याएका थिए ।

बिर्तामोड नगरपालिकाको भूगोलबाट १० नं वडालाई अलग्याउँदा सिटौलालाई सोचेजस्तो फाइदा भएन । तर, बिर्तामोड १० का वडाबासीहरुलाई भने ठूलो घाटा भयो । बिर्तामोड नगरपालिकाको १० वटा वडामध्ये १ देखि ९ सम्म ९ वटा वडा क्षेत्र नं २ मा पर्दा १० नं वडालाई अलग्याएर क्षेत्र नं ३ मा पारिएको थियो ।

  बिर्तामोड १० मा जे जति विकास भएको छ , त्यो सबै नगरपालिकाको बजेटबाट भएको हो । ३ नं क्षेत्रबाट जितेर गएका सांसदले बिर्तामोड १० का लागि खासै विकास नगरेको  साे क्षेत्रका जनताकाे गुनासो छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार