मुख्य समाचार
झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेल | १० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन |

बिर्तामोड नगरपालिकामा कर्मचारीतन्त्रको रवैया र गुटबन्दी

देश प्रदेश डेस्क 5424+ समाचार ( )
२ कार्तिक २०८१, शुक्रबार

झापा बिर्तामोड नगरपालिकामा कर्मचारीतन्त्रको रवैया र गुटबन्दीका बारेमा धेरै सेवाग्राहीहरुले गुनासो गरिरहँदा त्यसकै कारण आफूले सरुवा लिएर गएको प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले खुलासा गरेका छन् ।
झापाको चन्द्रगढी घर भएका खतिवडाले बिर्तामोडमा लामो समय काम गर्ने सोच बनाएका थिए । तर, काम गर्ने वातावरण नै नभएपछि छ महिनामै आफूले सरुवा लिएर जिल्ला समन्वय समिति भक्तपुर आएको उनले बताए । जनप्रतिनिधिभन्दा कर्मचारीहरुकै कारण आफूले काम गर्न नसकेको उनको भनाई छ । ‘जनप्रतिनिधिहरुले सहयोग नै गर्नुभएको थियो ’ उनले भने ,‘ कर्मचारी र बाहिरी हस्तक्षेपका कारण काम गर्ने वातावरण छैन ।’ बिर्तामोड नगरपालिकामा यसअघिका प्रमुख प्रशासकीय अधिकृतहरु पशुपति खतिवडा र विनोद न्यौपानेले मात्र टिकेर काम गर्न सकेका थिए । राधाकृष्ण खतिवडाजस्तै गणेश दाहालले पनि टिकेर काम गर्न सकेनन् ।

बिर्तामोड नगरपालिकामा जनप्रतिनिधिभन्दा कर्मचारीहरु हावी भएको गुनासो छ । नगरपालिकामा कर्मचारीहरुको तीनवटा गुट देखिएको र गुटगत राजनीतिका कारण कार्यालयको कामकाज र सेवाग्राहीहरुको सेवा प्रभावित हुने गरेको बताइएको छ । गुटबन्दीका कारण एउटा शाखा हेर्ने शाखा प्रमुखले अर्को शाखा प्रमुखसंग बोलचाल नै नगरेको पाइएको छ । खतिवडा दशैअघि सरुवा भएर गएका हुन् । अब नयाँ प्रमुख प्रशासकीय अधिकृत को आउने भनेर टुंगो लागेको छैन । प्रतिदिनबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार