मुख्य समाचार
भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' | झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग | झापामा सम्बन्धविच्छेदका घटना बढ्दै | राणा र दुर्गा प्रसाईंले गठनधवलशमशेर गरे ‘जय नेपाल पार्टी’ | सहुलियत शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै ओमसाईं पाथीभरा हस्पिटल, भद्रपुर |

पेय पदार्थको अचाक्ली मूल्य वृद्धि

देश प्रदेश डेस्क 5354+ समाचार ( )
२४ कार्तिक २०८०, शुक्रबार

झापा   बजारमा पेय पदार्थको अचाक्ली मूल्य वृद्धि भएको छ । पन्ध्र दिनयता पेय पदार्थको अत्यधिक मूल्य वृद्धि भएको हो । पेय पदार्थको मूल्य छोटो समयमा वृद्धि हुँदै आए पनि नियामक निकायले ध्यान पुर्याउन नसकेको खुद्रा व्यवसायी बताउँछन् ।

बजारमा कोक, फेन्टा, ड्युलगायत पेय पदार्थको अचाक्ली मूल्य वृद्धि भए पनि नियामक निकाय अनुगमन गरेर नियन्त्रण गर्न लागिपरेका छैनन् । चिसो पेय पदार्थमा अवैज्ञानिक तरिकाले मूल्य वृद्धि भएको उपभोक्ता तथा खुद्रा व्यवसायी बताउँछन् । धरान–१२ की सुशीला रसाइलीले पेय पदार्थको अत्यधिक मूल्य वृद्धि भएको बताइन् । उनले भनिन्, ‘प्रतिलिटर १० देखि १५ रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । बजारमा कोकको १ सय ८० रुपैयाँबाट मूल्य वृद्धि भई १ सय ९० देखि दुई सय रुपैयाँसम्म पर्न थालेको छ । डेढ लिटर कोकको कार्टुनमा ९० देखि १ सय १० रुपैयाँसम्म वृद्धि भएको छ भने अढाई लिटरको कार्टुनमा ८५ रुपैयाँ मूल्य वृद्धि भएको छ ।

धरान–२ स्थित रोहित स्टोरका सञ्चालक रविन साहका अनुसार दशैँअघिदेखि नै मूल्य वृद्धि भएको बताए । उनका अनुसार डेढ लिटरको प्रतिकार्टुन नौ सय ९० रुपैयाँले बिक्री गर्दै आएकोमा हाल एक हजार रुपैयाँ पर्न थालेको छ । यस्तै धरानका ड्यू डिलर सगुन टेडर्सका सञ्चालक सुनिल श्रेष्ठले डेढ लिटरको कार्टुनमा एक सय १० रुपैयाँ र अढाई लिटरको कार्टुनमा ८५ रुपैयाँ वृद्धि भएको जानकारी दिए । ट्रेडर्सका सञ्चालक श्रेष्ठले भने, ‘कोकको पनि मूल्य बढ्यो भन्थ्यो । ट्रान्सपोर्टेसन कस्ट बढेर हो कि के कारणले बढायो थाहा छैन ।’

बजारमा चिसो पेय पदार्थको मूल्य छोटो अवधिमा बढ्ने गरेको छ । यसरी अवैज्ञानिक तरिकाले मूल्य वृद्धि भए पनि बजार अनुगमन गरेर त्यसको नियन्त्रण गर्ने निकायले चासो राखेको छैन । नियामक निकाय स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयलाई मूल्य वृद्धिको विषयबारे जानकारी नै छैन । नियामक निकाय इलाका प्रशासन कार्यालय धरानका अधिकृत लोकमान श्रेष्ठले धरान उपमहानगरपालिकाले बजार अनुगमन गरिरहेको बताए ।

उनले भने, ‘नगरले बजार अनुगमन गर्दा खबर गरेपछि प्रतिनिधि पठाउने हो ।’ धरान उपमहानगरपालिकाले नियमन गर्नुपर्ने हो तर, मूल्य वृद्धिका बारेमा नगर अनभिज्ञ छ । धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले पेय पदार्थको बोतलमा नै मूल्य उल्लेख गरिएको बताए । पेय पदार्थहरूकोे कम्पनी धरानमा नभएको बताउँदै उनले भने, ‘मूल्य वृद्धिको विषय वाणिज्य कार्यालयले हेर्छ ।’ वाणिज्य कार्यालयलाई पनि पेय पदार्थको मूल्य वृद्धिको विषयमा कुनै जानकारी छैन । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय विराटनगरका सूचना अधिकारी दीर्घ घिमिरेले मूल्य वृद्धिका विषयमा अनभिज्ञता प्रकट गर्दै भने, ‘के भएको हो, हामीलाई जानकारी पठाइदिनू न । अनुगमनमा आउँछौँ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार