मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

ग्यालेक्सी इङ्गिस स्कुल नगरकै उत्कृष्टः २३ जना विद्यार्थीलाई गर्याे सम्मान

भेषराज नेपाल 84+ समाचार ( )
७ जेठ २०८३, बिहीबार

झापा / झापाकाे भद्रपुर ९ मा रहेकाे ग्यालेक्सी ईङ्गिस स्कुलले २०८२काे माध्यमिक शिक्षा परिक्षामा सफल नतिजा ल्याएर भद्रपुर नगरकै उत्कृष्ट विद्यालय बन्न सफल भएकाे छ । 

याे वर्षकाे एसइइ परिक्षामा २३ जना विद्यार्थी सहभागी भएकाेमा सबैले उत्कृष्ट जिपिए ल्याएर भद्रपुर नगरकै उत्कृष्ट विद्यालय भएकाले एक समारोहबीच नगद र प्रमाणपत्रसहित विद्यार्थीलाई बिहिवार पत्रकार सम्मेलन गर्दै सम्मान गरेकाे हाे । 

यसरी सम्मानित हुने हरुमा ए प्लस जीपीए ल्याउने आदित बस्नेत, अभिषेक उप्रेती, अन्स कुमार मिश्रा, अनिक नेपाल, हृतिका राजवंशी, रुजिसा सुवेदी, सिर्जन तामाङ र अर्पण भण्डारीलाई नगद २ हजार ५००  सहित प्रमाणपत्रद्वारा सम्मान गरिएकाे हाे । त्यसैगरी अविर र मालाले ए जीपीए ल्याउने अभ्यास बुढाथोकी, आदित्य राजवंशी, अयुष भण्डारी, विक्रम न्यौपाने, विशाल गुरुङ, चिराग जाजोडिया, ग्रिश्मा निरौला, जेनिसा पराजुली, मोहम्मद सुहन, नयन दाहाल, पनिल तामाङ, राजनकुमार मेहता, सम्राट आचार्य, युनिशा गुरागाईं र वि प्लस ल्याउने आर्यन फुएललाई सम्मान गरिएकाे हाे । 

विद्यालय व्यवस्थापन समितिका सदस्य रौनक बम्सलको अध्यक्षतामा भएको कार्यक्रमकाे प्रमुख अतिथि भद्रपुर नगरपालिकाकाे शिक्षा, युवा तथा खेल्कुद शाखाकी प्रमुख  पवित्रा ढकालले पानसमा बत्ती बालेर कार्यक्रमकाे उद्घाटन गरेकी थिईन् । 

सम्मान कार्यक्रममा प्लसटुका शिक्षक देवी प्रसाद सुवेदीले  स्वागत मन्तव्य राखेका थिए भने सम्मानित विद्यार्थी तर्फबाट ३.८७ जिपिए ल्याउने श्रृजन तामाङ, प्लसटु शिक्षक कृष्ण कुमार मैनाली र नेपाल पत्रकार महासङ्घ झापा शाखाका उपाध्यक्ष सुब्रत न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा विद्यालयका सह-प्रधानाध्यापक विवेक चौलागाईंले प्रेस विज्ञप्ति वाचन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि ढकालले शिक्षाका साथसाथै सिपमूलक शिक्षामा पनि आवश्यकता रहेको जोड दिएकी थिईन भने कार्यक्रमकाे सञ्चालन शिक्षक लक्ष्मण नेपालले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै