मुख्य समाचार
बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री पौडेलको मृत्यु | गढीमाई मेलाअघि सीमामा उच्च सतर्कता; चौपाया तस्करी रोक्न भारतले बढायो निगरानी | मृतक परिवार र सरकारबीच ७ बुँदे सहमति | सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहको देशवासीलाई शान्ति र सद्भाव कायम राख्न अपिल | सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु |

कचनकवलका इँटाभट्टा उद्योगलाई गाउँपालिकाले करको दायरामा ल्याउन सकेन

देश प्रदेश डेस्क 5339+ समाचार ( )
३ आषाढ २०८१, सोमबार

झापा कचनकवलका इँटाभट्टा उद्योगहरूलाई गाउँपालिकाले करको दायरामा ल्याउन नसकेकाे पाइएकाे छ । पालिका भित्र सञ्चालित उद्दाेगमध्ये तीन वटा इँटा उद्योगले २ लाख ४५ हजार रुपैयाँ गाउँपालिकालाई तिर्नुपर्ने रकम बक्यौता देखिएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख गरेपछि रहस्य सार्वजनिक भएकाे हाे । गाउँपालिकाको विभिन्न वर्षका आर्थिक ऐनमा इँटाभट्टालाई तोकिएको दरमा कर लगाई असुल उपर गरिने उल्लेख छ । तोकिएको दरमा कर भुक्तानी दिने तथा असुल गर्ने दुवै पक्षको कर्तव्य तथा दायित्व रहन्छ । गाउँपालिकाले बक्यौता रकममा आर्थिक ऐन अनुसार जरिवानासमेत असुल उपर गर्नुपर्ने प्रतिवेदनमा भनिएको छ । प्रतिवेदन अनुसार चण्डी इँटाभट्टाले २०७५/७६ को १५ हजार, ०७६/०७७ देखि ०७८/०७९ चार वर्षको वार्षिक २५ हजारको दरले एक लाख रुपैयाँ र ०७९/८० को ३५ हजार गरी जम्मा १ लाख ५० हजार तिर्न बाँकी देखिएको छ ।

त्यस्तै स्टार इँटाभट्टाले ०७८/७९ को २५ हजार र ०७९/८० को ३५ हजार गरी ६० हजार तिर्न बाकी देखिएकोमा एसआईबी इँटाभट्टा (एक चिम्नीको बाँकी) ०७९।८० को ३५ हजार गाउँपालिकालाई तिर्नु पर्ने उल्लेख छ ।

 जथाभाबी खेतीयोग्य जमिन दोहन गर्दै आइरहेको कचनकवलका इँटाभट्टा उद्योगहरूलाई गाउँपालिकाले नियमन गर्न सकिरहेकाे छैन । सञ्चालकहरूले लामो समयदेखि पालिकालाई कर नबुझाउँदा पनि जनप्रतिनिधि र कर्मचारीले त्यसप्रति खासै चासो देखाएका छैनन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै