मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

डिभिजन वन कार्यालय झापाको गाडीको ठक्करबाट महिलाको मृत्यु

देश प्रदेश डेस्क 5473+ समाचार ( )
५ श्रावण २०८३, मङ्गलबार

डिभिजन वन कार्यालय झापाको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बिहान १०ः४५ बजे मेचीनगर १५ कालिकास्थित भित्री सडकखण्डमा काँकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्र.१–०१–००२ ह.७८०५ नम्बरको सिटी सफारी र बिपरीत दिशाबाट आउँदै गरको डिभिजन वन कार्यालय झापाको बागमती प्र.०१–००२ झ.७३६० नमबरको स्कोरपियो गाडीसंग ठोक्किएको थियो । दुर्घटनामा सिटी सफारीमा सवार यात्रु मेचीनगर १५ बस्ने ४० वर्षीया आरती उराउ गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएकोमा बिहान ११ः१५ बजे चिकित्सकले चेकजाँच गरी मृत घोषणा गरेका थिए । मृतकको शव सोही अस्पतालमा रहेको छ ।

दुर्घटनापछि स्कोरपियो गाडी फरार भएको थियो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक निषेश चापागाईको कमाण्डमा खटिएको टोलीले बिहान ११ः५० बजे मेचीनगर ४ बाहुनडाँगीबाट गाडी र गाडी चालक भद्रपुर १० बस्ने ५४ वर्षीय लिला श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । सिटी सफारी चालक मेचीनगर ६ बस्ने ४५ वर्षीय गम्भीरप्रसाद बातर र सिटी सफारीलाई प्रहरी चौकी ज्यामिरगढीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार