मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

तराई मधेस जागरण अभियान’, कचनकवलबाट प्रचण्डले उद्घाटन गर्ने

देश प्रदेश डेस्क 5475+ समाचार ( )
१२ फाल्गुन २०८१, सोमबार

नेकपा माओवादी केन्द्रले आज झापाबाट ‘जनतासंग माओवादीः तराई मधेश जागरण अभियान’ शुरु गर्दैछ । पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झापाको कचनकवलबाट अभियानको उद्घाटन गर्न लागेका हुन् । अभियान उद्घाटन गर्नका लागि अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत एक दर्जन नेताहरु शनिबार नै झापा आइसकेका छन् ।

अध्यक्ष प्रचण्डले कचनकवलस्थित नेपालकै होचो भूभागमा रहेको स्तम्भमा झण्डोत्तोलन गर्ने, राजवंशी समाज विकास समितिको भवनमा सहिद परिवारहरूसँग भेटघाट गर्ने र दिउँसो १२ बजे बनियानीमा आयोजित बृहत् जनसभाका बीच अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य अग्नीले जानकारी दिए।

आजै दिउँसो ३ बजे बाह्रदशी गाउँपालिकाको राजगढस्थित राजवंशी चोकमा आयोजित जनसभालाई पार्टी अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने र त्यसपश्चात् झापा गाउँपालिकामा आयोजित कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका झापा इन्चार्ज रन्जित तामाङले जानकारी दिए ।झापाबाट सुरु भएको हुलाकी मार्ग केन्द्रित अभियान कञ्चनपुरमा पुगेर समापन हुने बताइएको छ ।

प्रचण्डको परेड राजनीति !

अध्यक्ष प्रचण्डले यस पटक पनि परेडको राजनीतिलाई निरन्तरता दिएका छन् ।  उनले आज बिहान झापाको सगरमाथा चोकदेखि किच्चक बध हुँदै स्थानीय चारआलीबाट  पुनः सगरमाथा चोकसम्म मर्निङ वाक गरेका छन् ।  गत असारमा प्रधानमन्त्रीबाट बाहिरिएपछि देश दौडाहा थालेका प्रचण्ड प्रायः नेताहरूलाई लिएर मर्निङवाकमा निस्कन्छन् । मर्निङवाकका क्रममा प्रचण्डले उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई दायाबायाँ राखेका थिए ।यसअघि उनले बिर्तामोडमा पनि त्यस्तै मर्निङ वाक गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै