मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

माओवादी केन्द्र कानेपोखरी–६ द्वारा सरसफाई तथा वृक्षारोपण

देश प्रदेश डेस्क 5473+ समाचार ( )
१० श्रावण २०८२, शुक्रबार

झापा / नेकपा माओवादी केन्द्र कानेपोखरी–६ नं वडाकमिटीको आयोजनामा बिहिबार विहान श्रम अभियान अन्तर्गत बिहिबारे बजारमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले आयोजित कार्यक्रमले स्थानीयवासी र पार्टी कार्यकर्ताको उल्लेखनीय सहभागिता पाएको थियो।

कार्यक्रममा नेकपा माओवादी केन्द्र कानेपोखरी गाउँ कमिटी अध्यक्ष दुर्गाबहादुर कार्की, वडा कमिटी अध्यक्ष रोशन राई तथा वैकल्पिक केन्द्रीय सदस्य जयराज संयोक प्रमुख अतिथिका रूपमा उपस्थित थिए। अन्य स्थानीय नेताहरू, युवा कार्यकर्ता तथा समाजसेवीहरूको समेत सक्रिय सहभागिता रहेको थियो।
सो अवसरमा बोल्दै वैकल्पिक केन्द्रीय सदस्य जयराज संयोकले पार्टीले राजनीतिक मात्र नभई सामाजिक रूपान्तरणको पक्षमा पनि निरन्तर अग्रसरता लिएको बताए।
कार्यक्रम अन्तर्गत बिहिबारे बजार क्षेत्र वरपरको सडक, खोल्सा र सार्वजनिक स्थलमा सरसफाई गरिनुका साथै विभिन्न स्थानमा वृक्षारोपण गरिएको थियो। सहभागीहरूले सरसफाई र हरियाली अभियानलाई नियमित रुपमा निरन्तरता दिने प्रतिबद्धता समेत जनाएका थिए।
यसअघि पनि नेकपा माओवादी केन्द्र कानेपोखरीले बाढीपीडितलाई राहत वितरण, विपन्न परिवारलाई घर निर्माण सहयोग, अपांगता भएका व्यक्तिहरूको उपचारमा आर्थिक सहायता, शिक्षा सामाग्री वितरणजस्ता सामाजिक क्रियाकलाप गर्दै आएको छ। पार्टीले यस्ता जनपक्षीय अभियानलाई अझ सशक्त रुपमा अघि बढाउने जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार