मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

आजबाट हल्दीबारीका सबै वडाको आफ्नै भवन

देश प्रदेश डेस्क 5486+ समाचार ( )
५ माघ २०८०, शुक्रबार

झापा हल्दीबारी गाउँपालिका वडा नं ५ को नयाँ प्रशासनिक भवन आज एक कार्यक्रमका बीच उद्घाटन भएको छ।
निवर्तमान उपप्रधानमन्त्री तथा राप्रपाका केन्द्रीय अध्यक्ष माननीय राजेन्द्र लिङदेनले रिवन काटेर भवन उद्घाटन गरेका थिए। हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि निवर्तमान उपप्रधानमन्त्री तथा राप्रपाका केन्द्रीय अध्यक्ष  लिङदेन रहेका थिए।
 गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन ( महेन्द्र),४ वटै वडाका वडा अध्यक्षहरू क्रमशः देवीबहादुर थापा, शुकलाल राजवंशी, विष्णु ओली, सन्तकुमार थापा लगायतको विशेष आतिथ्यता रहेको कार्यक्रममा जनप्रतिनिधिहरू ,नेकपा एमाले हल्दीबारीका अध्यक्ष त्रिलोचन सापकोटा, नेकपा माओवादी केन्द्रकि टिका राउत, नेपाली काँग्रेसका सभापति गंगा प्रसाई, जग्गादाताहरूको आतिथ्यता रहेको थियो।

विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, शिक्षक, प्रहरी, संचारकर्मीहरु साथै वडावासीहरूको उल्लेखिय उपस्थिति रहेको कार्यक्रममा स्वागत वडा नं ५ का वडा अध्यक्ष खडग लावतीले गरेका थिए भने भवनको वारेमा विस्तृतमा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले प्रष्ट पारेका थिए।२ वर्ष ७ महिनामा तयार भएको कुल ५४ लाख ७० हजारको लागतमा बनेको भवन अपाङ्ग तथा बालमैत्री रहेको छ।
जम्मा ६ कठ्ठा क्षेत्रफलमा फैलिएको भवन निर्माणका लागि १ कठ्ठा जग्गा उपलब्ध गराउने हल्दीबारीका दिलकुमार नेम्वाङ, एकराज राना मगर, बार्हदशीका रामप्रसाद दुलाल त्यसैगरी  ४ कट्ठा १० धुर उपलब्ध गराउने हल्दीबारी ४ का वडाध्यक्ष सन्तकुमार थापा, हल्दीबारी ४ कै लाखध्वज कन्दङ्वा यसैगरी बिर्तामोडका मुकेश विन्दल र सन्तोषी देवी अग्रवाल  र १० धुर उपलब्ध गराउने हल्दीबारी ५ की डम्बर कुमारी राइ लाई कदरपत्र तथा दोसल्लाले सम्मान गरिएको थियो।यसैगरी वडा नं ५ का पूर्व जनप्रतिनिधिहरू शेरबहादुर नेम्वाङ, नन्दलाल पराजुली,मदन तामाङ् तारादेवी ढकाल र भिममाया दर्जीलाई सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले हल्दीबारीका सबै वडाको आफ्नै भवन भएकोमा खुसी व्यक्त गरे।केन्द्रबाट न्युन बजेट विनियोजन भएपनि कार्यसम्पादनमा हल्दीबारीका जनप्रतिनिधि तथा कर्मचारीहरू अघि रहेको भन्दै निरन्तरता दिन सबैलाई आग्रह गरे। जग्गादाताका तर्फबाट सम्मानित व्यक्तित्वका दिलकुमार नेम्वाङ,२ नं वडाका वडाध्यक्ष शुकलाल राजवंशी, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली लगायतले मन्तव्य राखेको कार्यक्रमको संचालन गाउँपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार