मुख्य समाचार
झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेल | १० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन |

साेमबार चौबीस घण्टामा झापामा ९ वटा दुर्घटना,२३ घाइते

देश प्रदेश डेस्क 5424+ समाचार ( )
२९ अशोज २०८१, मङ्गलबार

                                                                                                                          साङ्केतिक तस्वीर

झापा   झापाको शिवसताक्षी नगरपालिका–९ स्थित नहर चौकमा मोटरसाइकल र स्कुटी एकापसमा ठोक्किदा चारजना घाइते भएका छन् ।

साेमबार राति अन्दाजी १०.४५ बजे दुधेबाट शिवगंजतर्फ जाँदै गरेको प्र१–०१–०१७प४६८७ नम्बरको स्कुटी र बिपरित दिशाबाट आउँदै गरेको प्र १–०१–०१५प५०७७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी ७ बस्ने ३१वर्षीय देवलाल राजवंशी, मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ बस्ने १७ वर्षीया ममता राजवंशी , स्कुटी चालक शिवसताक्षी ११ बस्ने ३०वर्षीय सबिन पौडेल र स्कुटी पछाडि सवार सोही ठाउँ बस्ने २५वर्षीय प्रबिन बस्नेत घाइते भएकाे जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।  घाइतेहरुलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको र दुबै सवारी साधन इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको उनले बताए ।

त्यस्तै साेमबार बिहान १०ः४० बजे गौरादह नगरपालिका वडा नम्बर ३ धोवनियास्थित गौरादह– गौरिगंज भित्री पक्की सडकखण्डमा गौरीगञ्जबाट गौरादहतर्फ आउँदै गरेको मे.११प४५९१नम्बरको स्कुटीर बिपरित दिशाबाट जाँदै गरेको मे १ह४०८८नम्बरको अटो एकआपसमा ठक्कर खाई दुर्घटना भएको छ । दुर्घटनामा स्कुटी चालक गौरादह १बस्ने ३२वर्षीया सुशिला शेर्मा ,स्कुटीमा पछाडी सवार उनकै छोरा ९ वर्षीय सौगात लिम्बू ,सोही स्कुटी पछाडी सवार इलाम माङसेबुङ गाउँपालिका वडा नम्बर ४ बस्ने २४ वर्षीया रीतु लिम्बू घाइते भएका छन् । घाइते तीनैजनालाई उपचारको लागि मेडिम्याक्स अस्पताल गौरादह पठाइएको छ । अटोचालक कमल गाउँपालिका वडा नम्बर ५बस्ने ४२ वर्षीय मित्रबहादुर राई र अटो, स्कुटी इलाका प्रहरी कार्यालय गौरादहको नियन्त्रणमा रहेको छ ।

साेमबार चौबीस घण्टामा झापामा ९ वटा दुर्घटना भएका थिए । ती दुर्घटनामा परी २३ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार