मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना

Desh Pradesh News 1+ समाचार ( )
३० श्रावण २०८०, मङ्गलबार

झापा । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हानमा साउन २८ गते ७५३ वटै पालिकामा धर्ना दिँदै सरकारलाई स्मरणपत्र बुझाएका शिक्षकहरुले मंगलवार ७७ वटा नै शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएका छन् ।

उनीहरुले शिक्षा विकास तथा समन्वय इकाईमार्फत विगतका ३१ बुँदे र ५१ बुँदे सम्झौताको प्रती स्मरणको निम्ति सरकारलाई पठाएका छन् । यसक्रममा करिव एक हजारभन्दा बढी झापाका शिक्षकहरुले शिक्षा विकास तथा समन्वय इकाई भद्रपुरमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म धर्ना दिएका थिए । द्रोण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पेशागत संस्थाका प्रतिनिधिहरुले आफ्नो विचार व्यक्त गरेका थिए ।
भेलामा नेपाल शिक्षक संघ कोशी प्रदेशका अध्यक्ष तेजप्रसाद चौलागाईं ,नेपाल शिक्षक युनियन झापाका पूर्व अध्यक्ष नारायणप्रसाद गौतम ,नेपाल शिक्षक संघ झापाका अध्यक्ष तोयानाथ दाहाल ,अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश महासचिव कपिल तिमिल्सिना ,नेपाल राहत शिक्षक समिति झापाका अध्यक्ष तेजप्रसाद खनाललगायतका शिक्षक तथा विद्यालय कर्मचारीहरुले विषयमा सम्बोधन नगरीकन जारी गरिन लागेको विद्यालय शिक्षा ऐनलाई अस्वीकार गर्ने घोषणा गरेका छन् ।

पहिलो चरणको कार्यक्रमअन्तर्गत पालिकामा साउन २८ गते,शिक्षक विकास इकाईमा साउन ३० गते ,सातै वटा प्रदेश साउन ३२ गते धर्ना तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ। पहिलो चरण आन्दोलन समाप्तिपछि दोस्रो चरणमा काठमाडौ केन्द्रित आन्दोलन हुने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार