मुख्य समाचार
झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेल | १० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन |

नेपालीलाई भारतीयले खुलेआम लागूऔषध बेच्छन्

देश प्रदेश डेस्क 5424+ समाचार ( )
१५ आषाढ २०८१, शनिबार

                                                                                                                                फायल तस्वीर

झापा खुला सीमानाको फाइदा उठाउँदै भारतबाट तस्करहरुले लागूऔषध नेपाल ल्याएर विक्री वितरण गर्ने गरेको पाइएकाे छ ।

भारतसँग सीमाना जोडिएका जिल्लाहरुबाट नेपालमा लागूऔषध ब्राउनसुगर, कोकिन, अफिम लगायत भित्रिने गरेको तथ्याङ्क प्रहरीले देखाएपछि याे काराेबार पुष्टी भएकाे हाे ।  पूर्वी नाका कांँकडभिट्टा, भद्रपुर, झापा गाउँपालिका लगायतका विभिन्न स्थानबाट समेत ठूलो परिमाणमा लागूऔषध नेपाल भित्रिने गरेको विभिन्न घटनाले देखाएकाे छ । झापाबाट भित्रिएको लागूऔषध काठमाण्डौंसम्म पुग्ने गरेको बताइएको छ ।

भारतको पश्चिम बंगाल राज्यका पानीट्याङ्की, नक्सलावारी, शिलगढी, विहार राज्यका विभिन्न शहरहरुबाट नेपालीले सहज रुपमा लागूऔषध खरिद गर्न पाउने गरेका छन् । भारतीय स्रोत भन्छ– भारतीय नागरिकलाई लागूऔषध बेच्न पाइँदैन तर, नेपाली तथा अन्य मुलुकका नागरिकलाई बेचे प्रशासनले केही गर्दैन ।

भारतीयहरु भन्छन्– बिहार राज्यमा मदिरा निषेध छ तर, हाम्रा नागरिकलाई उनीहरुले रक्सी बेच्छन् भने हामी पनि लागूऔषध खुल्ला गरिदिन्छौं । भारतीय पक्षले खुल्ला रुपमा नेपालीलाई लागूऔषध बेच्ने गरेपनि प्रशासनस्तरको बैठकमा भने भारतीयहरु यो विषय स्वीकार गर्दैनन् । उनीहरुले नेपालीलाई लाागूऔषध बेच्ने गरेको विषय सत्य नभएको भन्ने गरेका छन् भने नेपाली पक्षले पनि यो विषय उठान नगर्ने गरेको स्रोतको दाबी छ । तर जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी  कृष्णकुमार चन्दले भने दुई पक्षीय बैठकमा लागूऔषधको विषय उठाउने गरेको दावी गरे ।

भारतको पानीट्याङ्कीका विभिन्न गल्लीमा लागूऔषध कारोबाारीहरुले घर नै भाडामा लिएर नेपालीलाई लागूऔषध बेच्ने गरेको बताइएको छ । धेरै नेपाली लागूऔषध प्रयोगकर्ता पानीट्याङ्की तथा भारतका विभिन्न स्थानमा पुगेर लागूऔषध सेवन गरेर आउने गरेको जनाइएको छ ।

नेपालका विभिन्न जिल्लाबाट समेत लागूऔषध कारोबारीहरु भारतसम्म पुगेर लागूऔषध किन्ने गरेको स्रोतले जनाएको छ । भारतीय पक्षले लागूऔषध विक्री वितरणमा कडाइ नगर्दा नेपालका तराई तथा पहाड र हिमाली जिल्लामा समेत लागूऔषधको प्रयोग बढेको प्रहरी स्रोतको दाबी छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार