मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

एकैसाथ विष सेवन गरेका भट्टराई दम्पतीको एउटै चितामा अन्त्येष्टि

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२३ भाद्र २०८०, शनिबार

झापा एकैसाथ विष सेवन गरेर आत्महत्या गरेका झापा शिवसताक्षीका एक दम्पतीको आज एउटै चितामा अन्त्येष्टि गरिएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं ११ दुधेका ५९ वर्षीय तेजप्रसाद भट्टराई र उनकी श्रीमती ५२ वर्षीया कमला भट्टराईको शव एउटै चितामा राखेर अन्त्येष्टि गरिएको हो । भदौ १९ गते राति तेजप्रसाद र कमलाले विषादी सेवन गरेका थिए । विष सेवनपछि दुवैजनालाई उपचारका लागि बिर्तामोडको मनमोहन अस्पताल लगिएको थियो । भदौ २० गते कमलाको मृत्यु भयो भने दुई दिनपछि २२ गते तेजप्रसादको मृत्यु भएको हो । घरायसी समस्याका कारण भट्टराई दम्पतीले आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् ।

कमला क्यान्सरपीडित हुन् । चार वर्षदेखि स्तन क्यान्सरका रुपमा पीडित भएकी कमलाको उपचारका लागि छोरा खगेन्द्र वैदेशिक रोजगारीमा गए । छोराले कमाएको रकमले कमलाको उपचार सम्भव थिएन । श्रीमान्ले पनि श्रीमतीको उपचारका लागि कुनै कसर बाँकी राखेका थिएनन् । तर कमलाको शरीरमा लागेको रोग निको हुने अवस्थामा थिएन ।

श्रीमान् तेजप्रसादको पनि बाख्रालाई घाँस काट्न रुख चढ्दा लडेर खुट्टा भाँचिएको थियो । उनको खुट्टामा लगाएको स्टिल आर्थिक अवस्था दयनीय भएकै कारण निकाल्न सकेका थिएनन् । २०६१ सालमा ताप्लेजुङको खेवाङबाट बसाइ सरी आएका भट्टराई दम्पतीको एकमात्र छोरा खगेन्द्र हुन् । १ कट्ठा जग्गा र त्यसमा बनेको घरबाहेक भट्टराई दम्पतीको केही थिएन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार