मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

मनमोहन अस्पतालमा बिरामी महिलाको मृत्युपछि उत्पन्न तनाव सहमतिपछि साम्य

देश प्रदेश डेस्क 5475+ समाचार ( )
१० पौष २०८०, मङ्गलबार

झापा अस्पतालको लापारवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा सिर्जना गरेको तनाव साम्य भएको छ ।  दोषीलाई कारवाही र मृतकका छोराछोरीलाई शिक्षादिक्षा दिने सहमति जुटेपछि झापाको बिर्तामोडमा सञ्चालित मनमोहन सामुदायिक अस्पतालमा बिरामीको मृत्युपछि उत्पन्न समस्या समाधान भएको छ । 

मृतकका छोराछोरीलाई कक्षा १२ सम्म अध्ययन अस्पतालले गराउने, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा उच्चस्तरीय छनविन समिति बनाउने अस्पताल प्रशासन र पीडितपक्षबिच सहमति भएपछि समस्या समाधान भएको हो । 

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निर्माण हुने समितिले तयार गरेको प्रतिवेदनका आधारमा दोषिलाई कारवाही गर्ने सहमति जुटेपछि मृतकको सव आफन्तले बुझेको मृतकका भाञ्जा भवानीप्रसाद दंगालले बताएका छन् । 

अस्पताल प्रशासन र मृतकका आफन्तबिच इलाका प्रहरी कार्यालय अनारमनीमा मंगलबार (आज) भएको छलफलमा उक्त सहमति भएको मृतकका भाञ्जा दंगालले जानकारी दिए ।  

पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ३ घरभई स्थाई रुपमा बिर्तामोड–९ नडियाबारी बस्दै आएकी नर्वदा बास्कोटा घिमिरेको उपचारका क्रममा अस्पतालमा हिजो बेलुका साँझ मृत्यु भएको परिवारले जनाएका छन् । 

उपचारमा लापरबाहीका कारण विरामीको मृत्यु भएको आरोप लगाउदैं विरामी पक्षले उपचारका संलग्नमाथि कारबाहीको माग गरेर अस्पतालमा नाराबाजी गरेका थिए । अस्पतालमा भीड बढेपछि प्रहरीले सुरक्षा ब्यवस्था बढाएको थियो । 

खुट्टा सुन्निएर सोमबार विहान ८ः३० बजे उपचारका लागि अटाेमा चडेर आफै हिडेर अस्पताल भर्ना भएकी नर्वदालाई साँझ ५ः३० मा मृत घोषणा गरिएको मृतकका  भान्जा युवराज घिमिरेले जानकारी दिए । नर्वदाको मृत्युपछि आफन्त पक्षले आज दिनभर अस्पताल बाहिर नारावाजी गर्दै बिरोध जनाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै