मुख्य समाचार
कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ | साउदी राजधानी रियादसम्म हुथीको मिसाइल प्रहार, यान्बुमा पनि आक्रमणको दाबी | ज्ञानोदयको बार्षिक साधारणसभामा २४ जना सम्मानित | लागूऔषध कारोबारको आरोपमा मेचीनगरबाट तीन जना पक्राउ | पिकअपमा लोड हुँदै गरेको अवस्थामा १ हजार ४५४ किलो गाँजासहित एक जना पक्राउ |

खेतमा करेन्ट लाग्दा बिर्तामोडकी ५५ वर्षीया महिलाको मृत्यु

देश प्रदेश डेस्क 5469+ समाचार ( )
८ कार्तिक २०८२, शुक्रबार

 झापा जिल्ला बिर्तामोड नगरपालिका–१० फेसबुकचोकस्थित खेतमा करेन्ट लागी एक महिलाको मृत्यु भएको छ।

घटनामा ५५ वर्षीया तालामाई मर्डीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
उनले आफ्नो घरमा बिग्रिएको बिजुली हेर्ने क्रममा खेतमा गएर तार छुन खोज्दा करेन्ट लागी घोप्टो परी मृत अवस्थामा फेला परेकी थिइन्।

घटना आज (२०८२ साल कात्तिक ७ गते) दिउँसो करिब १२:१५ बजे भएको हो।
उक्त घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक सन्तोष राईको कमाण्डमा SOCO टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीका अनुसार, मृतकको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल, भद्रपुर पठाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै