मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतका अधिकृत पक्राउ

देश प्रदेश डेस्क 5486+ समाचार ( )
साङ्केतिक तस्वीर
२ फाल्गुन २०८०, बुधवार

                                                                                                              साङ्केतिक तस्वीर

झापा  बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतका एक अधिकृत पक्राउ परेका छन् । ललितपुर प्रहरीका अनुसार काठमाडौँ जिल्ला अदालतका शाखा अधिकृत गोपाल गजमेरलाई पक्राउ गरेको हो ।

गजमेरले आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले जाहेरी दिएपछि गोपाललाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ । बलात्कारको कसुर गरेको जाहेरी परेपछि गोपाल गजमेरलाई पक्राउ गरी अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ । अहिले सो सम्बन्धमा अनुसन्धान भइरहेकाले थप केही बताउन नमिल्ने प्रहरीले जनाएको छ ।

गजमेरविरुद्ध गत माघ २९ गते जिल्ला प्रहरी परिसर ललितपुरमा जबरजस्ती करणीको जाहेरी दर्ता भएको थियो । जाहेरी दर्ता भएलगत्तै गजमेरलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।  गजमेर यसअघि उच्च अदालत पाटनमा कार्यरत रहँदा सोही कार्यालयमा करारमा काम गर्ने एक कर्मचारीसँग नजिकिएका थिए । ती युवतीसँग नजिकिएका गजमेरले आफूलाई गत माघ १८ गते करणी गरेको भन्दै जाहेरी परेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार