मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

झापाका १२ ठाउँमा सेनाको बम डिस्पोजल टोली

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२ फाल्गुन २०८२, शनिबार

झापा निर्वाचनमा आपराधिक तत्त्वहरूबाट हुन सक्ने अपराध रोक्नका लागि पूर्व तयारीस्वरुप झापाका १२ ठाउँमा सेनाको बम डिस्पोजल टोली तैनाथ गरिने भएकाे छ ।

हाल जिल्लाका विभिन्न ६ ठाउँमा बम डिस्पोजल टोली तैनाथ भइसकेको र निर्वाचनको संघारमा अन्य ६ ठाउँमा बम डिस्पोजल टोली राखिने सुरक्षा स्रोतले जनाएको छ । संवेदनशील मानिएको चन्द्रगढी विमानस्थल र झापा कारागारमा बिहीबारदेखि नै सेना परिचालन गरिएको छ । विमानस्थल र कारागारमा एक–एकवटा नफ्री परिचालन गरिएको अरिदमन गणले जनाएको छ ।

त्यस्तै माघ २१ गतेदेखि सेनाले पैदल , सवारी साधनमार्फत र संयुक्तरुपमा गस्ती सञ्चालन गरिरहेको छ । निर्वाचनको एक महिना अघिदेखि जिल्लाको चार ठाउँमा कम्पनी अपरेटिङ बेस (सीओबी) खडा गरी सुरक्षा प्रदान गरिरहेको छ । मेजरको कमान्डमा झापा क्षेत्र नं ५ को सुरक्षाका लागि दमकमा , झापा ४ को लागि सुरुङ्गामा , झापा ३ को लागि चन्द्रगढीमा सीओबी खडा गरिएको हो भने झापा १ र झापा २ को लागि अरिदमन गणबाटै सुरक्षा प्रदान भइरहेको छ । त्यसबाहेक जिल्लाको १६ ठाउँमा पोस्ट अपरेटिङ बेस (पीओबी) खडा गरिदैछ । जिल्लाका हरेक मतदान केन्द्रमा २० मिनेटभित्र पुग्ने गरी फौजलाई परिचालन गरिएको अरिदमन गणका प्रमुख सेनानी सरोज थापाले बताए ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदान स्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदान स्थलको तीन तहमा वर्गीकरण गरेको छ । जिल्लाका ९५ वटा मतदान स्थललाई अतिसंवेदनशीलका रुपमा राखिएको छ ।

जिल्लामा रहेका २८५ मतदानस्थलमध्ये १४७ संवेदनशील र ४३ वटा मतदानस्थल सामान्य रहेका छन् । जिल्लामा ८१५ वटा मतदान केन्द्र छन् । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि करिब ८ सय सेना परिचालन गरिएको छ । चारआलीस्थित अरिदमन गणबाट ६ सय र २१ नं बाहिनी तोपगाछीबाट २ सय फौज परिचालन गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार