मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने

देश प्रदेश डेस्क 5481+ समाचार ( )
७ अशोज २०८३, बुधवार

झापा / बाढीपहिरोबाट प्रभावित नेपाललाई पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन अमेरिकाले थप ३१ मिलियन अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।

अमेरिकी विदेश मन्त्रालयका राजनीतिक मामिलासम्बन्धी उपसचिव एलिसन हुकरले न्युयोर्कमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटवार्ताका क्रममा मंगलबार उक्त सहयोग घोषणा गरेकी हुन्।

घोषित सहयोगमध्ये १० मिलियन डलर बाढीबाट क्षतिग्रस्त महत्वपूर्ण यातायात पूर्वाधार पुनःस्थापनाका लागि स्थायी पुल निर्माणमा खर्च गरिनेछ। अमेरिकी कम्पनीमार्फत आवश्यकताअनुसार निर्माण गरिने ती पुलले प्रभावित क्षेत्रमा यातायात तथा क्षेत्रीय सम्पर्क पुनःस्थापित गर्न सहयोग पुग्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

त्यस्तै, बाढी प्रभावित समुदायका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता, आश्रय, संरक्षण, जीविकोपार्जन र जाडोयामका आवश्यकताका लागि थप ८ मिलियन डलर उपलब्ध गराइने भएको छ।

भविष्यमा हुने विपद्का बेला उद्धार तथा पुनरुत्थानको क्षमता बढाउने उद्देश्यले अमेरिकामा निर्मित ड्रोन उपलब्ध गराउन थप १३ मिलियन डलर खर्च गर्ने योजना पनि सार्वजनिक गरिएको छ।

नयाँ सहयोग घोषणासँगै नेपालमा बाढी प्रतिकार्य तथा पुनरुत्थानका लागि अमेरिकाले घोषणा गरेको कुल सहयोग ३६ मिलियन अमेरिकी डलरभन्दा बढी पुगेको छ।

भेटका क्रममा उपसचिव हुकरले विनाशकारी बाढीबाट प्रभावित नेपालीप्रति अमेरिकी सरकारका तर्फबाट समवेदना व्यक्त गरेकी थिइन्। अमेरिकी विदेश मन्त्रालयका अनुसार बाढीपछि करिब ७० जना अमेरिकी नागरिक अझै सम्पर्कविहीन रहेका छन्।

अमेरिकाले नेपाल सरकारसँग समन्वय गर्दै बाढीबाट प्रभावित क्षेत्रमा आवश्यकताअनुसार सहयोग पुर्‍याउने जनाएको छ। पछिल्लो सहयोगले तत्कालीन मानवीय आवश्यकतासँगै क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण र भविष्यका विपद् व्यवस्थापन क्षमतामा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार