मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

मेचीनगर भित्र ७ हजार ६४ जनालाई एचपिभी खोप लगाइने

देश प्रदेश डेस्क 5475+ समाचार ( )
२१ माघ २०८१, सोमबार

झापा   पाठेघरको मुखको क्यान्सर विरुद्ध दिईने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान मेचीनगरमा यही माघ २२ गतेदेखि सुरु गरिने भएको छ । माघ २२ गतेदेखि २९ गतेसम्म नगरभित्र खोप अभियान कार्यक्र सञ्चालन हुनेछ।

नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले पाठेघरको मुखको क्यान्सर रोगको अवस्था, एचपिभी खोप र अभियानको औचित्यमाथि प्रकाश पारेकी थिइन् ।

 माघ २८ गतेसम्म विभिन्न विद्यालयमा रहेका खोप केन्द्रबाट र २९ गते खोप लगाउन छुटेकाहरुलाई सम्बन्धित वडाको स्वास्थ्य केन्द्रबाट लगाउने योजना रहेको छ ।

कक्षा ६ देखि १० सम्मका किशोरीहरु र विद्यालय नजाने १० देखि १४ वर्षसम्म उमेरका किशोरीहरुलाई एचपिभी खोप प्रदान गरिने सापकोटाले बताइन् ।

सामुदायिक तथा नीजि विद्यालयका कुल पाँच हजार ९ सय ८२ जना छात्रा तथा विद्यालय बाहिरका कुल एक हजार ८२ जना गरी जम्मा ७ हजार ६४ जनालाई एचपिभी खोप लगाउने लक्ष्य राखिएको उनले बताइन् । उनका अनुसार खोप अभियान सञ्चालनका लागि नगरभित्र १७२ वटा खोप केन्द्र निर्धारण गरिएको छ ।

नगरभित्रका सामुदायिक तथा नीजि विद्यालय तथा स्वास्थ्य केन्द्रलाई केन्द्र निर्धारण गरिएको छ भने जसका लागि एक सय स्वास्थ्यकर्मी र १९४ जना स्वयंमसेवकसहित २९४ जना जनशक्ति परिचालन गरिने छ ।

मेचीनगर नगरपालिकाका उपमेयर मीना पोखरेल उप्रेतीले महिलाहरुको ठुलो समस्याका रुपमा रहेको पाठेघरको मुखको क्यान्सर रोग विरुद्ध सञ्चालन हुन लागेको खोप अभियान सफल बनाउन सवैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरिन् ।

उपमेयर उप्रेतीको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख अन्नतप्रकाश वस्ती, स्वास्थ्य शाखा खोप समन्वय समिति, वडाध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार