मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |

भद्रपुर नगरद्वारा धान दिवस मनाइयाे

देश प्रदेश डेस्क 5194+ समाचार ( )
१५ आषाढ २०८२, आइतबार

झापा भद्रपुर नगरपालिकाले  “धान बालीमा सघनता  खाद्य सुरक्षा र आत्मनिर्भरता ” नाराका साथ २२ औं राष्ट्रिय धान दिवस मनाएको छ । झापाको दक्षिणी क्षेत्र  भद्रपुर ४ रङ्गिला चोकको खेतमा भद्रपुर नगरपालिका कृषि विकास शाखाको आयोजनामा आइतबार विहान विभिन्न प्रविधि अपनाएर धान दिवस मनाइएको हो ।
स्थानीय टहलदास अधिकारीको जमिनमा उज्वल भविश्य कृषि तथा पशुपालन कृषक समूहको व्यवस्थापनमा सञ्चालन गरिएको खेतमा परम्परागत रुपमा हलो जोताई,  आधुनिक प्रविधि अन्तरगत ड्रम सिडर,ट्याक्टर र मेसिनको माध्यमबाट रोपाई गरिएको थियो ।
भद्रपुर नगरका मेयर गणेश पोखरेल, उपप्रमुख राधा कार्की, वडाअध्यक्ष, विभिन्न सङ्संस्था, कृषक लगायतले संयुक्त रुपमा  एक आपसमा हिलो खेलेर रोपाई गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि, कृषक महिला तथा पुरुषको डोरी तान्ने रमाईलो खेल पछि दही चिउरा खाएर रमाइलो गरिएको थियो ।  
समूहकी अध्यक्ष भक्तकुमारी कटवालको सभापतित्व एवम नगरप्रमुख पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख कार्की, वडा नम्बर १ का वडाध्यक्ष रामप्रसाद अधिकारी, पूर्व नगरप्रमुख एवम भद्रपुर साइकल समाजका अध्यक्ष  जीवनकुमार श्रेष्ठ लगायतले धान दिवसको औचित्यमाथि प्रकाश पारेका थिए । नगर कृषि विकास शाखा प्रमुख हेमराज पन्तले स्वागत मन्तव्य राखेको कार्यक्रममा सञ्चालन नगर कृषि विकास अधिकृत सुमन विमलीले गरेका थिए ।
धान रोप्न आएका भन्दा पनि फोटो र भिडीयो खिचाउने, टिकटक वनाउने तर्फ बढी सक्रिय देखिएका थिए ।
हरेक वर्ष असार १५ गते मनाइने धान दिवस २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका धेरै मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । यस वर्ष असार मध्यसम्म पनि झापासहित देशका सबै ठाउँमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुनसकेको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै