मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

प्रेस चौतारी झापाले मनायो स्थापना दिवस, उपेक्षित सम्मानित

देश प्रदेश डेस्क 5475+ समाचार ( )
२२ माघ २०८०, सोमबार

झापा झापाली पत्रकारहरूको भव्य सहभागितामा प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस मनाइएको छ । प्रेस चौतारी झापाले आज बिर्तामोड- ७ स्थित शहिद नेत्र पार्कमा झापाली पत्रकारहरूको भव्य सहभागितामा स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा प्रेस चौतारीले झापाको दोस्रो अध्यक्ष तोयानाथ उपेक्षितलाई नगद २५ हजारसहित सम्मान गरेको छ । उपेक्षित वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा रहेकाले उनका सहकर्मी रमेश गौतमले उक्त सम्मान पत्र बुझेका थिए । गौतम उपेक्षितको कार्यकालमा कोषाध्यक्ष रहेका थिए । चौतारीले यसअघि संस्थापक अध्यक्ष नेत्र पाठकलाई २५ औं स्थापना दिवसको अवसरमा सम्मान गरेको थियो ।

सोही अवसरमा बिरामी भएका तीन जना पत्रकारलाई पत्रकार उपचार सहयोग कोषबाट उपचार खर्च बापत रकम वितरण गरेको छ । पत्रकार उद्धव पुरी, तुलसीप्रसाद निरौला र सावित्रा दाहाललाई जनही ५ हजार रुपैयाँका दरले सहयोग प्रदान गरेको हो । त्यस्तै बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा कार्यक्रममा सहभागी पत्रकारहरूको निःशुल्क आँखा परीक्षण गरिएको थियो । वनभोजसहित आयोजना गरिएको कार्यक्रममा मनोरञ्जनात्मक प्रतियोगिताहरू सञ्चालन गरिएको थियो ।

प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाम्फेको प्रमुख आतिथ्य रहेको थियो । चौतारी झापाका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक प्रदीप परियारले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि तुम्बाहाम्फे, एमाले केन्द्रीय सदस्य मेनुका काफ्ले, एमाले झापा सचिव शिव ढुङ्गेल, प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल, नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्य, महासंघका कोशी प्रदेश कोषाध्यक्ष विमल लामिछाने, झापा सचिव डिकेश लामा, प्रेस युनियन केन्द्रीय सचिव रेजिना रोदन, बिर्तामोड–७ वडाध्यक्ष अविरल कृष्ण खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संगठनका झापा कोषाध्यक्ष तिलक योञ्जनले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार